ओएनएफ र एनिपिएफ डेनमार्कले सयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम गर्दै


कोपनहेगन/ प्रबासी नेपाली मन्च (ओएनएफ) डेनमार्क र नेपाली जनप्रगतिशील मन्च (एनिपिएफ) डेनमार्कले सयुक्त रुपमा खुल्ला अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । “सम्बृद्ध नेपालको लागि राजनितीक ध्रुबिकरण” बिषयक अन्तरक्रिया कार्यक्रम नोभेम्वर १८ तारिक शनिबारका दिन कोपनहेगनमा आयोजना गरेका हुन् ।

हालै बसेको दुई सङ्गठनको बैठकले यस्तो निर्णय गरेको हो । नेपालका ठुला कम्युनिष्ट पार्टीले चिनाबी तालमेल तथा भविष्यमा पार्टी एकता गर्ने निर्णय गरेसङ्गै नेकपा एमाले निकटको शुबेच्छुक सस्था ओएनएफ र नेकपा माओबादी केन्द्र निकटको शुबेच्छुक सस्था एनिपिएफले यस्तो किसिमको कार्यक्रम गर्न लागेका हुन । नेपालमा विकास निमार्ण तथा सम्वृध्दि किन आवश्यक छ त तथा के भयो भने सम्वृध्द नेपाल बन्ला त भन्ने बिषयमा अन्तरक्रिया केन्द्रित हुने आयोजकले बताएका छन् ।

ओएनएफ डेनमार्कका अध्यक्ष शिव चापागाईले नेपालमा विकास निर्माणका लागि सबैभन्दा बढि राजनीतिक स्थायित्व हुनुपर्ने बताउदै यो बिषयमा छलफल गर्नको लागि कार्यक्रम आयोजना गरिएको जानकारि दिए । एनिपिएफ डेनमार्कका उपाध्यक्ष महेन्द्र खड्काले नेपालको बदलिदो राजनीतिक अबस्था र सम्वृध्दिको सवालमा यहा भएका नेपालीले खुल्ला रुपमा छलफल तथा चिन्तन मनन गरुन भन्ने उद्धेश्यले कार्यक्रम गरिएको बताए । अन्तरक्रियामा एनिपिएफ डेनमार्कका सस्थापक अध्यक्ष उदयराज गौतम र ओएनएफका पुर्ब अध्यक्ष कृष्ण पौडेलले विषयमा केन्द्रित रहेर अबधारणापत्र प्रस्तुत गर्नेछन ।

डेनमार्कको नेपाली समाज, राजनीतिक तथा सामाजिक सङ्घ सस्थाका प्रमुख तथा प्रतिनिधी तथा बौद्धित व्यक्ति लगायतलाई कार्यक्रममा आमन्त्रण गरि बिषयमा केन्द्रित रहि बिचार राख्न र सुन्न आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम बारे बिबरण 

  • मिति – १८ नोभेम्वर २०१७ शनिबार
  •  समय – दिनको ठिक १३:०० बजे
  •  स्थान – Bogtrykkervej 32, 2400 København NV