वामगठबन्धनको दुई तिहाई आउने निश्चित : एमाले नेता प्यासी


पोखरा – संयुक्त वामगठबन्धन पोखरा लेखनाथ म.न.पा. वडा नं. ८ को वृहत कार्यकर्ता भेला शुक्रबार सम्पन्न भयो । भेलालाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले नेकपा एमाले एक्लै चुनाव लड्दा स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको बताउँदै यस निर्वाचनमा वामगठबन्धन बनाएर चुनाव लड्दा दुई तिहाई आउने निश्चित भएको बताए ।

चुनावपछि दुई पार्टी एक हुने भन्दै प्यासीले जनताको प्यारो कम्युनिष्ट पार्टी जनताको रक्षा गर्न एक हुन लागेको बताए । नेपाली काँग्रेस वामगठबन्धनबाट तर्सिएको बताउँदै निर्वाचनपछि काँग्रेसलाई माया गरेर प्रमुख प्रतिपक्षमा राखिने प्यासीले बताए । नेपालमा एउटै कम्युनिष्ट बन्नु नेपाल एकीकरणभन्दा पनि ठूलो भएको प्यासीले जिकिर गरे ।कार्यक्रममा वामगठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ प्रदेश सभा २ का उम्मेदवार राजकाजी गुरुङ्ग करणले वाम जनमतको कदर गर्न वामगठबन्धन बनेको बताउँदै आफूहरुको लक्ष्य दुई तिहाई भएको तर बहुमत अनिवार्य भएको बताए । वामगठबन्धनपछि पार्टी एकीकरण हुने भन्दै करणले केपी ओली र प्रचण्डको दुरदर्शीताको कारण नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्न सम्भव भएको बताए ।

अर्का वक्ता निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का संयोजक तथा समानुपातिक तर्फका उम्मेदवार प्रभा कोइरालाले कास्कीमा स्थानीय तहमा बामपन्तीहरुको सरकार बनिसकेकोले अब प्रदेश र संघमा पनि बामपन्थीकै सरकार बन्ने दावी गरिन् ।भेलाले राजकुमार गिरी संयोजक र लक्ष्मी प्रसाद सुवेदी सहसंयोजक रहेको ९ सदस्यीय निर्वाचन परिचालन संयुक्त कार्यदल, त्यसैगरी इश्वरप्रसाद सुवेदी संयोजक र दामोदर सिग्देल सहसंयोजक रहेको निर्वाचन परिचालन कमिटी, मिनप्रसाद भट्टराई संयोजक र गुणराज बास्तोला सहसंयोजक रहेको ५ सय १ सदस्यीय प्रचारप्रसार समिति र रुद्रनाथ बराल संयोजक तथा लक्ष्मीप्रसाद सुवेदी सहसंयोजक रहेको आर्थिक उपसमिति समेत गठन गरेको छ ।

संयुक्त वामगठबन्धन वडा नं.८ का संयोजक राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार परशुराम बराल, माओवादी केन्द्रका नेता गंगा पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । वामगठबन्धन वडा नं.८ का सहसंयोजक लक्ष्मीप्रसाद सुवेदीले संचालन गरेको कार्यक्रममा वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालले स्वागत गरेका थिए ।

यसैगरी कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभातर्फका उम्मेद्वार रबिन्द्र अधिकारीले सफा र स्वच्छ राजनीतिक वातावरण निर्माणका लागि युवाहरुले सचेततापूर्वक हस्तक्षेप गर्न आवश्यक रहेको बताएका छन् । राजनीतिक विकृतिका कारण अस्थिरता निम्तिदा देशकै अवस्था नाजुक बन्न लागेको भन्दै उनले युवाहरुले सचेततापूर्वक हस्तक्षेप गरेर राजनीतिलाई सहि मार्गमा ल्याएर सफा र स्वच्छ राजनीतिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

बुर्जुवाहरु तर्क सिद्धिएपछि गालीगलौजमा उत्रिनेगरेको टिप्पणी गर्दै उनले कांग्रेसले अहिले त्यहि शैली अप्नाएको आरोप लगाए । आफूलाई कांग्रेसका उम्मेद्वारहरुहरुले लगाएको आरोपको खण्डन गर्दै उनले तर्क गर्न नसकेर उनीहरुले मनगढन्ते आरोप लगाएको भन्दै मतदाताहरुलाई भ्रमित नहुन आग्रह गरे । उनले कोरा सपना लिएर जनतामा नआएको भन्दै उनले संविधान निर्माण र मुलुकको विकासको खाका कोरेर जनमत बटुल्न जनताको घरदैलामो आएको र जितेपछि त्यो सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कास्की २ को प्रदेश नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङले युवाहरुलाई रोजगार र स्वरोजगार बनाउने उद्धेश्य नै बाम गठबन्धनको मिसन भएको बताए । पर्यटनको पूर्वाधार थपेर पर्यटक भित्राउने, उद्योगहरु थपेर रोजगार सिर्जना गर्ने, कृषीमा आधुनिकीकरण गरेर युवाहरुलाई स्वरोजगार बनाउने आफ्नो मूख्य मिसन भएको उनको भनाई थियो ।

समानुपातिक उम्मेद्वार सोमनाथ अधिकारी ‘प्यासी’ले कांग्रेस आफूपनि नमिल्ने र अरु मिलेको पनि देख्न नसक्ने पार्टी भएको आरोप लगाए ।

यता वाम गठवन्धनका तर्फवाट कास्की क्षेत्र नं एकका प्रतिनिधि सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले सामाजीक र आर्थिक रुपान्तरणका लागी नेपालमा कम्युनिष्ट सरकारको विकल्प नरहेको वताएका छन् । युवा संघ नेपाल र वाईसियल नेपाल क्षेत्र नं एक कास्कीको शुक्रवार लेखनाथमा भएको संयुक्त भेलालाई सम्वोधन गर्दै नेकपा एमाले सल्लाहाकार परिषदका उपाध्यक्ष समेत रहेका नेता अधिकारीले युवा स्वरोजगार,सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउ आँफै वनाउ अभियान र उज्यालो नेपाल जस्ता कार्यक्रम लागु गर्न नेपालमा कम्युनिष्ट सरकारको विकल्प नरहेको वताए ।


उनले तालहरुको संरक्षण र व्यवस्थित वस्ती विकास र वेरोजागरीको अन्त्य यस क्षेत्रको पहिलो आवश्यकता भएको वताए । आाफूसँग भएका राम्रा योजना कार्यान्वयनका लागी पैसाको अभाव नहुने भन्दै उनल यस क्षेत्रमा लगानीकर्ताको सम्मेलन गरेर ठूला ठुला लगानी गर्न सकिने विश्वास व्यक्त गरे । उनले वाम गठवन्धन कसैप्रती लक्षीत नभएर नेपालको गरीवि, अशिक्षा र वेरोजगारीको विरुद्ध भएको वताए । निकै ठूलो उद्धेश्यका साथ वाम गठवन्धन भएको छ , माओवादी केन्द्र र एमाले दुवैले एक अर्कालाई सावधानी पुर्वक भोट माग्नुपर्नेमा जोड दिए । जनताको लगानी जनता माझ पु¥याउन पनी वामपन्थीहरुको एकमना सरकार आवश्यक रहेको उनको भनाई थियो ।

युद्धका सिपाही वनेका कम्युनिष्ट पार्टीका सदस्यहरु आफ्नो पद र प्रतिष्ठाका लागी नलड्ने भन्दै उनले युवाहरु नै नयाँ युगको संवाहक भएको स्पष्ट पारे । उनले वाई सियल र युवासंघ नेपाललाई एकतावद्ध भएर अगाडी वढ्न निर्देशन दिए ।
कास्की क्षेत्र नं एकको प्रदेश नं एकका उममेदवार दिपक कोईरालाले दिगो विकास निर्माण वाम गठवन्धनवाट निर्माण हुने सरकारवाट मात्र संभव भएको भन्दै यसका लागी वामगठवन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । कांग्रेसलाई २०४८ सालमा वहुमत दिंदा आफ्नै सरकार ढालेको स्मरण गर्दै उनले फेरी पनी कांग्रेसले वहुमत पाए मुलुकमा अस्थिरता निम्त्याउने दावी गरे । स्थिर राजनीति र स्थिर सरकार निर्माण वामपन्थी वाहेक अन्यले गर्न नसक्ने उनको भनाई थियो ।

समानूपातीक तर्फकी उम्मेदवार गायत्री गुरुङले समृद्ध राष्ट्र निर्माण गर्ने लक्षका साथ अघि वढेको वाम तालमेलका उम्मेदवारलाई वीजयी गराउन लाई अव कसैले पनी रोक्न नसक्ने वताईन् ।युवासंघ कास्कीका अध्यक्ष विष्णु पुनले निर्वाचनमा एक भएर वाम गठवन्धनका उम्मेदवारलाई जिताउन सम्पुर्ण युवाहरु लागी पर्ने वताए । वाईसियल कास्कीका अध्यक्ष राम थापाले वाईसियल र युवासंघले एक अर्काका निर्देशन पालना गर्दै वर्गवैरीका विरुद्ध एक भएर साम्यवादसम्म पुग्ने यात्रालाई सहज वनाउदै अघि वढ्ने वताए । वाईसियल कास्की क्षेत्र नं एकका क्षेत्रिय अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा वाईसियलका क्षेत्रिय अध्यक्ष अनिल परियारले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन रविन्द्र अधिकारीले गरेका थिए ।