लायन्सको संयुक्त रक्तदानमा १ सय ९७ युनिट रगत संकलन


राजाराम पौडेल, पोखरा – लायन्स क्लवको आयोजनामा पोखरामा शनिबार खुल्ला रक्तदान कार्यक्रम भएको छ । पाँचवटा लायन्स क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट १ सय ९७ युनिट रगत संकलन भएको लायन्स क्लब अफ पोखरा सृजना चौतारीका अध्यक्ष कलाधर बाँस्तोलाले जनाए । विपिचोक चिप्लेढुङ्गामा भएको कार्यक्रमको उद्घाटन पिएमसिसि प्रेम बहादुर श्रेष्ठले पहिलो रक्तदाता नयाँ पत्रिका दैनिकका क्षेत्रीय प्रमुख दिपक पौडेललाई ब्लड व्याग हस्तान्तरण गरि गरेका थिए ।
कार्यक्रममा बोल्दै श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गरे । रगतको अभावमा कोहि कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र उद्धेश्यले आयोजना गरिएको कार्यक्रमले लायन्स क्लवहरुको गरिमा बढाउन मद्दत पुग्ने उनले बताए ।


कार्यक्रममा क्लष्टर नं. १ का प्रमुख दुर्गा प्रसाद हुमागाइर्, लायन्स क्लब अफ पोखरा सृजना चौतारीका अध्यक्ष कलाधर बाँस्तोला, संस्थापक अध्यक्ष एवं डिष्ट्रिकका वृक्षरोपण कमिटि चियर पर्सन बालकृष्ण बराल, पुर्व अध्यक्ष एवं रिजन चियर पर्सन विना गुरुङ, निर्वतमान अध्यक्ष एवं जोन चियर पर्सन बसन्त गिरी, उपाध्यक्ष जीत बहादुर थापा गोपाल, सचिव विष्णु गौतम, पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष सिता पहारी, संस्थापक अध्यक्ष एवं कमिटि को चियर पर्सन दुर्गा कुमारी आचार्य, फेवा वेगनास चौतारीका अध्यक्ष पुरुषोत्तमराज भण्डारी, संस्थापक अध्यक्ष एवं डिष्ट्रिक कमिटि मेम्बर सन्तोष घिमिरे,सफल चौतारीका अध्यक्ष जितेन्द्र थापा, युनिक चौतारीका अध्यक्ष एकराज गिरी, शंकर पाण्डे, महेश्वर रिमाल, गीता पराजुली, जनकराज पराजुली लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा सृजना चौतारी तथा उसले स्पोन्सर गरेका फेमिली क्लबहरु पोखरा बिरौटा साझा चौतारी, पोखरा फेवा बेगनास चौतारी, पोखरा यूनिक चौतारी र पोखरा सफल चौतारीको संयूक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्ने सम्पुर्ण प्रति संयोजक कलाधर बास्तोलाले आभार प्रकट गरेका छन् ।