खुल्ला क्रिकेटको उपाधि आयोजक योङ्ग स्टार क्लवलाई


पोखरा –  पोखरामा जारी प्रथम पोखरा लेखनाथ खुल्ला क्रिकेटको उपाधी आयोजक योङ्ग स्टार क्लवले हात पारेको छ । पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा सम्पन्न फाइनल खेलमा योङ्ग स्टारले सोही प्रतियोगिताको आयोजक सहकर्मी राइजिङ्ग पोखरा क्रिकेट क्लव माथी ६ विकेटले जित हात पारेको हो ।

उसले उपाधी सङ्गै कप १ लाख २३ हजार ४ सय ५६ रुपैंया नगद समेत प्राप्त गर्यो । त्यसै गरि उपविजेता राइजिङ्ग पोखराले नगद ५४ हजार ३ सय २१ रुपैयाँ प्राप्त गरेको छ । टस जितेर फिल्डङ्ग रोजेको योङ्ग स्टारले राइजिङ्ग पोखरालाई २० ओभरमा ९ विकेटको क्षतीमा ७६ रनमा नै समेटेके थियो । योङ्ग स्टारका लागि कसिलो वलिङ्ग गर्दै इन्द्र सारु मगरले ४ ओभरमा ८ रन दिंदै ३ विकेट लिएका थिए । सनी सेनले ४ ओभरमा १० रन खर्चेर २ विकेट कप्तान समेत रहेका नन्दराज शर्माले ४ ओभरमा १९ रन दिंदै १ विकेट हात पारेका थिए ।

व्याटिङ्ग तर्फ पोखरा राइजिङ्गका लागि आलम खान २७ रन (३६), अनिल गुरुङ्गको १३ (१७) रन वाहेक अन्यले दोहोरो अंक जोडन सकेनन । योङ्ग स्टारका लागि खेल्न धेरै जसो खेलाडीहरु भारतको चंढीगढ वाट आएक थिए । उनीहरु पोखराको मौसम र मैदानमा खेल्न पाउँदा उत्साहित देखिन्थे ।

त्यसै गरि जितका लागि ७६ रन वटुल्न मैदान प्रवेश गरेको योङ्ग स्टारले आफ्नो खेल सुस्त गतिमा सुरु गरेको थियो । १० ओभरको खेल सकिदा सम्म ४ विकेट गुमाउँदा २६ रन जोडेको थियो । तर उसले यो लक्ष्य १५.२ वलमा नै भेट्टायो । योङ्ग स्टारका दिपक राजले २७ वलमा ४४ रनको पारी खेले । उनले आफ्नो इनिङ्गमा ४ वटा चौका र २ वटा छक्का प्रहार गरेका थिए भने सनिल सेनले १० वलमा रन जोडे ।

राइजिङ्ग क्लवका कप्तान एवम राष्ट्रिय खेलाडी दिपेश खत्रीले टिमलाई खेलमा फर्काउन अहम भुमिका खेल्दै गरेको कसिलो वलिङ्ग केही काम लागेन । उनले ४ ओभोरमा २ विकेट लिंदै ४ रन दिएका थिए भने अमृत गुरुङ्गले ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए । फाइनल खेलको म्यान अफ दि म्याच योङ्ग स्टारका दिपक राज घोषित भए ।

प्रतियोगितामा वेष्ट व्याट्स्म्यानका उपाधीे सितल देवी क्लवका विधान श्रेष्ठ १३० रन, शितलदेवीका अर्जुन वुढाथोकी वेष्ट वलर घोषित हुँदै नगद सहित ट्रफी प्राप्त गरे । उनले प्रतियोगितामा ७ विकेट लिएका थिए । प्रतियोगितामा करण केसी ७ छक्का गर्दै उत्कृष्ट भए उनले मोवाइल प्राप्त गरे । प्रतियोगितका उत्कृष्ट खेलाडी ‘म्यान अफ दि सिरिज’को उपाधी योङ्ग स्टारका नन्दराज शर्मा घोषित भए । उनले नगद ५ हजार ५ सय ५५ प्राप्त गरेका थिए ।

प्रतियोगितामा विजयी खेलाडी र टिम लाई मुख्य प्रायोजक संस्था सम्राट एकेडेमीका सम्मर वहादुर थापा, जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देल, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक, वहिरा क्रिकेट संघ कास्कीका अध्यक्ष सूर्य मोहन वराल, पत्रकार अमृत सुवेदी लगाएतले नगद ट्रफी र मेडल वाँडेका थिए । कार्यक्रम सुमित सेरचनको अध्यक्षतामा भएको थियो भने संचालन सुवर्ण वरालले गरेका थिए । कात्र्तिक २१ गते देखि सञ्चालित प्रतियोगिता १६ टिमको सहभागिता रहेको थियो ।