१९ औं संस्करणको सडक महाेत्सव पुस १३ देखि १७ गतेसम्म हुने


पोखरा – रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले वर्षेनी गर्दै आएको सडक महोत्सवको १९ औं संस्करण पुस १३ देखि १७ गतेसम्म आयोजना गर्ने भएको छ । सडकमै खाउँ, सडकमै नाचौ र सडकमै रमाऔं भन्ने मूल नाराका साथ पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको झण्डै साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गरिने रेवान पोखराले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पोखरालाई अग्रेजी नयाँ बर्ष मनाउने गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले महोत्सब आयोजना वर्षेनी गर्दै आएको रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले जानकारी दिए । उनले महोत्समा विभिन्न खानाका परिकार साथ विभिन्न देशका सास्कृतक कार्यक्रमहरु प्रस्तुत गर्ने उनले बताए ।

पाँच दिने सम्म सञ्चालन हुने महोत्सवमा ५ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य रेवानले लिएको पुर्व अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । महोत्सवमा होटल तथा रेष्टुरेण्टहरुले मेला अवधिभर आफ्ना भान्छा सडकमै राख्ने र सडकबाटै पर्यटकलाई सेवा दिने गरिन्छ । महोत्सबमा श्रींलका , कोरियन र जापानि टोलीले आ आफनो देशको सास्कृती प्रर्दशनका लागि आफुहरुसंग सम्पर्कमा रहेको छ ।

महोत्सवमा राष्टिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिबल, पञ्चे बाजा, नेवारी लाखे नाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारि दौड, वेटर रेस लगायतका कार्यक्रमहरु समेत गरिने रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।