रविन्द्र अधिकारी गाई दुहेर सहयोग गर्दै भोट माग्दै


पोखरा – प्रतिनिधि सभा र प्रदेश सभा निवाचनमा मत आफनो पक्षमा पार्न उम्मेदवारले जनतालाई काममा सहयोग गरेका छन् । उम्मेदवारले खेलमा धान काटनेदेखि हलो जोत्ने सम्म काम गरेका छन् । उम्मेदवारहरुले कतै घाँस., धान काटेका, हलो जोतेका, भारी बोेकेका समाचार आइरहेका छन् । यस्तै चर्चित युवा नेता रविन्द्र अधिकारीले भोट माग्दै जनताको मत आफनो पक्षमा पार्न गाई दुहेका छन् ।

उनले आइतबार घरदैलो गदै जनतासंग मत माग्ने क्रममा गाई दुहेर सहयोग गदै मतदातालाई आफनो पक्षमा पार्ने प्रयास गरेका छन् । अधिकारी कास्की क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन् । उनले चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन् । उनीसंगै प्रदेश नम्वर २ का प्रदेश सभाका उम्मेदवार राजकाजी गुरुंग (करण) पनि भोग माग्न ब्यस्त छन् । कास्कीमा बाम गठबन्धनका तर्फबाट अधिकारी प्रतिनिधि सभा सदस्यका लागी क्षेत्र नम्वर २ बाट साझा उम्मेदवार हुन । उनी पहिलो र दोश्रो संविधान सभा निवाचनमा विजयी भएका थिए ।

यता युवा संघ नेपाल र वाईसियल नेपाल कास्की क्षेत्र नं ३ को संयुक्त भेला आईतवार हेमजामा सम्पन्न भएको छ ।

भेलाले युवा संघका क्षेत्रीय अध्यक्ष शिव अधिकारीको संयोजकत्वमा १ हजार ८ सय २१ सदस्सिय संयुक्त युवा परिचालन कमिटि गठन गर्दै आसन्न निर्वाचनमा केन्द्रीय निर्णय वमोजिम क्षेत्र नं ३ का अन्तर्गतका सम्पूर्ण मतदान केन्द्रहरुमा १ सय जना युवाहरुलाई परिचालन गर्ने निर्णय समेत गरेको युवा संघ कास्कीका युवा परिचालन संयोजक पानवहादुर जिसीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य क्षेत्र नं ३(१)का वाम गठवन्धनका उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले युवाहरुलाई रोजगारी दिने र उनीहरुलाई स्वरोजगार वनाउने कार्य कम्युनिष्टहरुले मात्र गरेको वताएका छन् । देशको मेरुदण्डको रुपमा रहेको युवा जनशक्ति विदेशिनु दुखको कुरा भएकोले अव वन्ने वामपन्थीको सरकारले युवाहरुलाई उचित रोजगारी र स्वरोजगारमुलक कार्यक्रमहरु ल्याउने दावी गरे । “विगतमा पनि कम्युनिष्टको सरकारले युवाहरुलाई लक्षित गरेर थुप्रै कार्यक्रमहरु ल्याएकै हो” वरालले भने “ युवा स्वरोजगार कार्यक्रम, संयुक्त जमानीमा ऋण सुविधा, कृषि कर्जामा सहुलियत कम्युनिष्ट सरकारलेनै ल्याएका हुन्। अव वन्ने वामपन्थीको सरकारले पनि युवाहरुको मुद्धाहरुलाई सम्वोधन गर्दछ”।
युवा संघका केन्द्रीय सचिव माधव वास्तोलाले वाम उम्मेदवारहरुको पक्षमा जनतामा माहोल वनाउदै निर्धक्क भएर युवाहरुलाई चुनावमा परिचालित हुन आग्रह गरे । बास्तोलाले प्रतिक्रियावादीहरुको उक्साहटमा लागेर विभिन्न कालखण्डमा नेपाली कम्युनिष्ट आन्दोलनले गल्ती गरेको जिकिर गर्दै बाम गठबन्धन पछि पार्टी एकीकरण गर्ने सोच ल्याएका नेताहरुलाई धन्यवाद दिएका थिए ।
वाइसिएल केन्द्रीय सचिवालय सदस्य मेखबहादुर विकले नेपाली कम्युनिष्ट आन्दोलन ऐतिहासिक मोडमा आएको बताउदै चाँडै नै त्यो आन्दोलन बिजयी बन्ने दावी गरे ।उनले नेपालको सबै क्षेत्रलाई कम्युनिष्टको लाल किल्ला बनाउन युवाले थप भुमिका खेल्नुपर्ने पनि जनाएका थिए ।
एमाले प्रदेश सदस्य दिलिपबिक्रम शाहीले इतिहासले युवालाई ठुलो भुमिका दिएको टिष्पणी गर्दै अगामि निर्वाचनलाई वर्ग संघर्षका रुपमा लिन आग्रह गरेका थिए ।बाइसिएल कास्की अध्यक्ष राम थापामगरले विगतको तिक्ततालाई भुलेर दुवै युवा संगठन एक बन्नुपर्ने भन्दै युवालाई गाँउ केन्द्रीत बन्न सुझाव दिए ।
गठबन्धन निर्वाचन परिचालन कमिटि ३ क का संयोजक दिपक पौडेलले गठबन्धनले चुनाव जित्ने सुनिश्चीत रहेको दावी गर्दै चुनावपछि दुई तिहाइ बहुमत सहितको कम्युनिष्ट सरकार बन्ने जनाए ।त्यस्तै युवा संघ कास्की अध्यक्ष विष्णु पुनले चुनावले नेपाली समाजलाई समृद्घिको बाटोतर्फ लैजाने बताएका थिए
युवा संघका क्षेत्रीय अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा भएको भेलामा युवा संघ कास्कीका युवा परिचालन संयोजक पानवहादुर जिसीले स्वागत र स्वागत र वाईसियल क्षेत्रीय संयोजक डेभिट गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
धम्पुसमा रामजीको घरदैलो
प्रदेशसभा सदस्य क्षेत्र नं ३ (१)का उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले आईतवार माछापुच्छ«े गाउँपालिका वडा नं ७ धम्पुसका विभिन्न ठाउँहरुमा जनतासँग भेटघाट गरेका छन् ।
विहानैदेखी घट्टेकुलोवाट घरदैलो सुरु गरेका उम्मेदवार सहितको टोलीले किसानहरुलाई खेतमै पुगेर भोट माग्ने काम गरेका छन् । धम्पुसको झाँक्रे, देउराली, खानीगाउँ लगायतका क्षेत्रहरुमा घरैदेलो तथा कोणसभा सम्पन्न भएको छ । घरदैलोको क्रममा नेता वरालसँग स्थानीयहरुले फेदीवाट धम्पुससम्को वाटो पिच नभएको र देउरालीवाट खानीगाउँसम्मको वाटो ग्रावेलिङ गर्न र कृषि उत्पादनको बजारिकणमा असुविधा रहेको भनाई राखेको थिए । पर्यटकिय क्षेत्र समेत रहेको धम्पुसको प्रवद्र्धनका कार्यक्रमहरुको खाँचो समेत स्थानीयले राखे । उम्मेदवार वरालले आफु स्थानीय जनताका मागहरुलाई सम्वोधन गर्न प्रतिवद्ध रहेको र जनताका जायज मागहरु पुरा गर्न आफुले सरोकारवाला निकायहरुलाई झकझकाउने भनाई वरालको थियो ।

पोखरा १० मा गठबन्धन कार्यालय
चुनावी अभियानका क्रममा पोखरा १० मा निर्वाचन परिचालन कमिटीको कार्यालय शुभारम्भ गरिएको छ । कार्यालयको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खगराज अधिकारीले उद्घाटन गरे । उनले राजनैतिक स्थायित्व, स्थायी सरकार र तीव्र आर्थिक विकासका लागि बाम गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताए । ‘समृद्ध नेपाल निर्माणका लागि बाम उम्मेदवारको जित आवश्यक छ,’ उनले भने, ‘एमाले र माओवादी केन्द्रको गठबन्धन समृद्धिको अभियान हो ।’

क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा खका उम्मेदवार मनबहादुर गुरुङले जनताले भोग्नुपरेका समस्या समाधान गर्र्न तल्लीन हुने प्रतिबद्धता गरे । ‘निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न म लाग्छु,’ उनले भने । चुनाव प्रचारप्रसार समिति पोखरा १० का संयोजक गंगा कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजु श्रेष्ठले सञ्चालन गरेका थिए । गठबन्धनका उम्मेदवारले आफ्ना समर्थकको साथमा वडा नं. १० का विभिन्न स्थानमा आइतबार घरदैलो तथा कोणसभा गरेका छन् ।

कोइराला घरदैलोमा

कास्की क्षेत्र नं १ को प्रदेश सभा १ का उमेदवार दीपक कोइराला आइतबार नेता, कार्यकर्तासहित पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० का विभिन्न ठाउँमा पुगे । उनले आफना चुनावी एजेन्डा र आगामी दिनमा गर्न सकिने विकास, निर्माणबारे प्रकाश पार्दै आफूलाई जिताउन आग्रह गरे । टोलीले शिशुवाचोक, लक्ष्मी आर्दश, खयर खोर, डुँडाकोमुख हुँदै खुदीसम्म घरदैलो गरेको हो ।

चोक चोकमा भएका कोणसभामा प्रदेश सभाका उम्मेदवार दीपक कोइराला, नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कोमलनाथ बराल, क्षेत्र नं १ कका संयोजक विजयबावु बनवासी, सहसंयोजक विनय थापा, कार्यदलका सचिव छविलाल लामिछाने, नेता टीकाराम पंगेनी, शालिकग्राम पौडेल र मोहन गुरुङ लगायतले देशको स्थायी सरकार बनाउन बाम गठबन्धनका उमेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।

समृद्ध मुलुकका लागि उम्मेदवारी ः अधिकारी

नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का प्रतिनिसधसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले राजनीतिमा फोहोर थुप्रिएको भन्दै त्यसलाई सफा गरेर समृद्ध मुलुक सपना साकार पार्ने अठोट गरेका छन् । पोखरामा आयोजित सभामा अधिकारीले विचारको प्रतिस्पर्धामा उत्रिन आहन गर्दै शेरबहादुर, रामचन् आधा दर्जनपटक उम्मेदवार हुँदा केही नबोल्नेले आफूलाई ३ पटक चुनाव जिताउनु हुँदैन भन्नु तर्कविहीन भएको दाबी गरे ।अधिकारीले जतिबेला कांगेसले आफ्ना नेतालाई अब तपाईलाई पुग्यो, अरुलाई पालो दिनुस् भन्न सक्छन् र त्यतिबेला आफू पनि चुनाव नलड्ने बताए । उनले भने, ‘राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको हुँ ।’

ग्रामीण विकास प्राथमिकतामा ः करण

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले किसानमैत्री सरकार निर्माणका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । उनले वन, जंगल, जल, जमिन र जडिबुटी सदुपयोगको नेतृत्व आफू र आफ्नो पार्टीले लिने उद्घोष गरे । उनले ग्रामीण विकास आफ्नो प्रमुख प्राथमिकता भएको जनाए ।

समानुपातिक उम्मेद्वार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्कीलाई कम्युनिस्टको लालकिल्लाको संज्ञा दिँदै यसपालिको चुनावपछि यहाँ बाम गठबन्धनको झण्डा गाडिने उद्घोष गरे ।