दोर्दीखोला जलविद्युुत आयोजनाको पोखरामा अन्तरक्रिया


पोखरा । लमजुङको दोर्दी गाँउ पालिकामा निर्माणको प्रक्रियामा रहेको दोर्दीखोला जलविद्युुत आयोजनाको आयोजनामा पोखराको लेखनाथ चोक र राष्ट्र बैंक चोकमा आयोजनाको बारेमा जानकारी दिन अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा कम्पनीले आयोजनामा लगानी गर्न ईच्छुक लगानीकर्तालाई अग्राधिकार शेयर समेत बिक्री गरिरहेको वताउँदै कम्पनीको अग्राधिकार सेयरमा न्यूनतम एक लाख रुपैयाँ लगानी गर्न पाइने कम्पनीले जनाएको छ ।

एक सय रुपैयाँका दरमा किनिने अग्राधिकार शेयर २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुने कम्पनीका शेयर लगानी सल्लाहाकार ईञ्जिनियर शम्भु पौडेलले वताए । निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा प्रतिवर्ष ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गरिने कम्पनीको दाबी छ । कम्पनीले देशविदेशबाट लगानीकर्ता खोजिरहेको छ । केही दिन अगाडि कम्पनीले कोरियाको प्रमुख सहरबाट समेत अग्राधिकार सेयरका लागि आवेदन संकलन गरेको उनले वताए ।

सो अवसरमा लमजुङ जिल्लाको दोर्दी गाँउ पालिकामा रहेको १२ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युुत आयोजनाको निमार्ण कार्य सुरु भएको, २०७७ सालको असारमा आयोजनाको निमार्ण सम्पन्न गर्ने लक्ष्य साथ काम गरिरहेको प्रभुलाल अधिकारीले वताउँदै दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, विस्तृत डिजाइन, वाताबरणीय अध्ययन सकेर निमार्ण कार्य सुरु गरको वताए ।

साथै तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत २ अर्ब २९ करोड रहेको उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक, कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी गर्ने भएकोले आयोजनाले ती बैंकहरुसँग ऋण सम्झौता गरको छ । बाँकी रकम कम्पनीका संस्थापक शेयरधनी तथा अग्राधिकार सेयरधनीहरु मार्फत संकलन गर्ने कम्पनीले जनाएको छ ।

आयोजना संचालक समुह सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । कम्पनीले रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको पनि सो अवसरमा जानकारी दिईयो ।