‘मैले रविन्द जीले भष्टाचार गर्नुभयो हो भनेर भनेको छैन’: कुमार खड्का


पोखरा – एनसेल प्रकरणमा विकास समितिका सभापति रविन्द्र अधिकारीले भष्टाचार गरेको आरोप लगाएका काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कुमार खड्काले आफैले खण्डन गरेका छन् । सोमबार काँग्रेस पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेर आफुले रविन्द्रले भष्टाचार गरेको भन्दै प्रकाशित समाचार झुटो, भ्रामक भएको बताए । ‘मैले रविन्द जीले भष्टाचार गर्नुभयो हो भनेर भनेका छैन,यस्ता कुरा भ्रमक र तथ्यहीन हुन् ।’

खड्काले केही दिनअधि अधिकारीले एनसेल काण्डमा भष्ट्राचार गरेको भन्ने समाचार आएका थिए उनले भने मैले विकास समितिले गरेको निर्णयका कारण एनसेलले तिर्नुपर्ने कर गुमेको कारण त्यसको जवाफ मात्रै मागेको हो, अधिकारीले भष्ट्राचार गरेको र मसंग प्रमाण छ भन्ने गरि समाचार, सामाजीक सञ्जालमा आएका कुरा गलत हुन् ।

खड्का एसनेल प्रकरणका बेला महिला तथा बालबालिकामन्त्री थिए भने विकास समितिको सदस्य पनि थिए । उनले एनसेल प्रकरण बारे रविन्द अधिकारी आफनो समेत मानमर्नद हुने गरि समाचार आएको भन्दै आपत्ति समेत जनाए । ‘दुवै जनाको मानमर्दन गर्ने काम भएको छ, त्यसैले स्पष्ट समाचार संप्रेसण गर्नुदिन आग्रह गर्दछु ’ खड्काले भने ।