पोखरालाई ब्यवस्थित बनाउन बाम गठबन्धनलाई भोट दिन अाग्रह


पोखरा औ कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उमेदवार मन बहादुर गुरुङले बाम गठबन्धनलाई मत दिन पोखरा लेखनाथ १० का वडा बासीलाई आग्रह गरेका छन । बाम गठबन्धन पोखरा लेखनाथ १० को चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत जनप्रिय टोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार गुरुङले बाम गठबन्धनले नै मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाउने र स्थाइ सरकार निर्माण हुने भएकाले यस क्षेत्रमा बिकास हुने वताए ।

गुरुङले पोखरा शहरलाई ब्यवस्थित बनाउनका लागी पनि बाम गठबन्धनका उमेदवारलाई नै मत दिनुपर्ने वताउदै आफ्नो क्षेत्र अन्तर्गत पर्ने ग्रामीण भेगको सडकलाई समेत सुधार गरी बजार संग जोड्दै पर्यटन प्रवद्र्धनमा अगाडी वढाइने समेत वताए । त्यसैगरी समानुपातिक उमेदवार गज कुमारी गुरुङले पोखरा १० मा रहेको जनप्रिय टोलको उचित ब्यवस्थापन हुन नसकेको वताउदै तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको नौ महिने सरकारको पालोमा जग्गाधनी प्रमाणपत्र वितरण गरेको भएतापनि मुलुकमा अस्थिर राजनितीको कारण ब्यवस्थित हुन नसकेको वताइन । बाम गठबन्धनलाई मत दिएर बिजय गराएको खण्डमा आफुहरुले जनप्रिय टोललाई ब्यवस्थित बनाउन पहल गर्ने समेत वताइन ।

घरदैलो कार्यक्रममा जनप्रिय टोल पुगेका नेता तथा बामगठबन्धनका कार्यकताएहरुलाई टोल बासीले न्यानो स्वागत सहित बाम गठबन्धन नै अहिलेको आवश्यक्ता रहेको वताउदै बाम गठबन्धनलाई जिताउने प्रतिवद्धता ब्यक्त गरेका थिए । सोमबारको घरदैलो कार्यक्रम अन्तर्गत कामना टोल, खत्री पसल चोक, कालिका चोक, कालिका स्कुल मार्ग, माछापुच्छ«े टोल, दुची टोल, गौरीमार्ग र उत्तम मार्गमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको चुनाव प्रसार प्रसार समिती वडा नम्बर १० का प्रचार प्रसार संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । सोमबार सम्पन्न घरदैलो कार्यक्रम अन्तर्गत पुगेको टोलबासीले बाम गठबनधन नै मुलुकको बिकास गर्नेमा आफुहरु आशावादी रहेको र यो पटक बाम गठबन्धनलाई नै मत दिन आफुहरु आत्तुर रहेको वताएको समेत प्रचार प्रसार संयोजक बानियाले वताए ।

प्रचार प्रसार कार्यक्रममा नेकपा एमाले जिल्ला कास्की सचिवालय सदस्य बयन बहादुर अधिकारी क्षेत्री, नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य बेद बहादुर गुरुङ (श्याम), नेकपा एमाले कास्की जिल्ला कार्यसमिती सदस्य हिमाय बख्रेल, माओवादी केन्द्रका केन्द्रिय सदस्य लिला बहादुर जिसी, माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकृष्ण श्रेष्ठ लगायत नेता सहित कार्यकर्ताहरुको सक्रिय सहभागीता रहेको थियो ।