युवा संघ नेपाल र वाईसियलको संयुक्त भेला  हेमजामा सम्पन्न


पोखरा – युवा संघ नेपाल र वाईसियल नेपाल कास्की क्षेत्र नं ३ को संयुक्त भेला  हेमजामा सम्पन्न भएको छ ।

भेलाले युवा संघका क्षेत्रीय अध्यक्ष शिव अधिकारीको संयोजकत्वमा १ हजार ८ सय २१ सदस्सिय संयुक्त युवा परिचालन कमिटि गठन गर्दै आसन्न निर्वाचनमा केन्द्रीय निर्णय वमोजिम क्षेत्र नं ३ का अन्तर्गतका सम्पूर्ण मतदान केन्द्रहरुमा १ सय जना युवाहरुलाई परिचालन गर्ने निर्णय समेत गरेको युवा संघ कास्कीका युवा परिचालन संयोजक पानवहादुर जिसीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य क्षेत्र नं ३(१)का वाम गठवन्धनका उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले युवाहरुलाई रोजगारी दिने र उनीहरुलाई स्वरोजगार वनाउने कार्य कम्युनिष्टहरुले मात्र गरेको वताएका छन् । देशको मेरुदण्डको रुपमा रहेको युवा जनशक्ति विदेशिनु दुखको कुरा भएकोले अव वन्ने वामपन्थीको सरकारले युवाहरुलाई उचित रोजगारी र स्वरोजगारमुलक कार्यक्रमहरु ल्याउने दावी गरे । “विगतमा पनि कम्युनिष्टको सरकारले युवाहरुलाई लक्षित गरेर थुप्रै कार्यक्रमहरु ल्याएकै हो” वरालले भने “ युवा स्वरोजगार कार्यक्रम, संयुक्त जमानीमा ऋण सुविधा, कृषि कर्जामा सहुलियत कम्युनिष्ट सरकारलेनै ल्याएका हुन्। अव वन्ने वामपन्थीको सरकारले पनि युवाहरुको मुद्धाहरुलाई सम्वोधन गर्दछ”।
युवा संघका केन्द्रीय सचिव माधव वास्तोलाले वाम उम्मेदवारहरुको पक्षमा जनतामा माहोल वनाउदै निर्धक्क भएर युवाहरुलाई चुनावमा परिचालित हुन आग्रह गरे । बास्तोलाले प्रतिक्रियावादीहरुको उक्साहटमा लागेर विभिन्न कालखण्डमा नेपाली कम्युनिष्ट आन्दोलनले गल्ती गरेको जिकिर गर्दै बाम गठबन्धन पछि पार्टी एकीकरण गर्ने सोच ल्याएका नेताहरुलाई धन्यवाद दिएका थिए ।
वाइसिएल केन्द्रीय सचिवालय सदस्य मेखबहादुर विकले नेपाली कम्युनिष्ट आन्दोलन ऐतिहासिक मोडमा आएको बताउदै चाँडै नै त्यो आन्दोलन बिजयी बन्ने दावी गरे ।उनले नेपालको सबै क्षेत्रलाई कम्युनिष्टको लाल किल्ला बनाउन युवाले थप भुमिका खेल्नुपर्ने पनि जनाएका थिए ।
एमाले प्रदेश सदस्य दिलिपबिक्रम शाहीले इतिहासले युवालाई ठुलो भुमिका दिएको टिष्पणी गर्दै अगामि निर्वाचनलाई वर्ग संघर्षका रुपमा लिन आग्रह गरेका थिए ।बाइसिएल कास्की अध्यक्ष राम थापामगरले विगतको तिक्ततालाई भुलेर दुवै युवा संगठन एक बन्नुपर्ने भन्दै युवालाई गाँउ केन्द्रीत बन्न सुझाव दिए ।
गठबन्धन निर्वाचन परिचालन कमिटि ३ क का संयोजक दिपक पौडेलले गठबन्धनले चुनाव जित्ने सुनिश्चीत रहेको दावी गर्दै चुनावपछि दुई तिहाइ बहुमत सहितको कम्युनिष्ट सरकार बन्ने जनाए ।त्यस्तै युवा संघ कास्की अध्यक्ष विष्णु पुनले चुनावले नेपाली समाजलाई समृद्घिको बाटोतर्फ लैजाने बताएका थिए
युवा संघका क्षेत्रीय अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा भएको भेलामा युवा संघ कास्कीका युवा परिचालन संयोजक पानवहादुर जिसीले स्वागत र स्वागत र वाईसियल क्षेत्रीय संयोजक डेभिट गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
धम्पुसमा रामजीको घरदैलो
प्रदेशसभा सदस्य क्षेत्र नं ३ (१)का उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले  माछापुच्छ«े गाउँपालिका वडा नं ७ धम्पुसका विभिन्न ठाउँहरुमा जनतासँग भेटघाट गरेका छन् ।
विहानैदेखी घट्टेकुलोवाट घरदैलो सुरु गरेका उम्मेदवार सहितको टोलीले किसानहरुलाई खेतमै पुगेर भोट माग्ने काम गरेका छन् । धम्पुसको झाँक्रे, देउराली, खानीगाउँ लगायतका क्षेत्रहरुमा घरैदेलो तथा कोणसभा सम्पन्न भएको छ । घरदैलोको क्रममा नेता वरालसँग स्थानीयहरुले फेदीवाट धम्पुससम्को वाटो पिच नभएको र देउरालीवाट खानीगाउँसम्मको वाटो ग्रावेलिङ गर्न र कृषि उत्पादनको बजारिकणमा असुविधा रहेको भनाई राखेको थिए । पर्यटकिय क्षेत्र समेत रहेको धम्पुसको प्रवद्र्धनका कार्यक्रमहरुको खाँचो समेत स्थानीयले राखे । उम्मेदवार वरालले आफु स्थानीय जनताका मागहरुलाई सम्वोधन गर्न प्रतिवद्ध रहेको र जनताका जायज मागहरु पुरा गर्न आफुले सरोकारवाला निकायहरुलाई झकझकाउने भनाई वरालको थियो ।