चार पटकको बिजेता ईटाली बिश्वकप फुटबलमा छनोट हुन असफल


एजेन्सी/६० बर्षपछि ईटाली पहिलो पटक विश्वकप फुटबलबाट बाहिर रहने भएको छ । चार पटकको विश्वकप बिजेता ईटाली अर्को बर्ष रसियामा हुने बिश्वकप फुटबलमा छनोट हुन असफल भएको हो । गएराती स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि ईटाली समग्रमा १–० ले पराजित हुँदै बिश्वकप फुटबलको छनोट चरणबाटै बाहिरिएको छ ।

 इटलीले १९५८ पछि पहिलोपटक विश्वकप गुमाएको हो । योसँगै इटलीका गोलकिपर बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् ।

ईटाली ४ पटक विश्वकपको उपाधि जितेको थियो भने २ पटक उपबिजेता बनेको थियो । अवे खेलअन्तर्गत पहिलो लेगमा स्विडेनसंग १–० ले पराजित भएको ईटालीले घरेलु मैदानमा भएको दोस्रो लेगमा बराबरीको नतिजा ल्याए पछि बाहिरिएको हो।