धुव्र शर्माको ‘दुनियाले थाहै पाउदैनन्’


राजाराम पौडेल, पोखरा – लोकदोहोरी गायक धुव्र शर्माले नयाँ गीत ‘दुनियाले थाहै पाउदैननन्’ दर्शक श्रोतामाझ पस्केका छन् । लय तथा शब्द संकलन शर्मालेनै गरेको गीतमा आवाजमा देर्वी घर्तीको साथ उनलाई मिलेको छ । काठमाण्डौको चोभारमा छायाकंन गरिएको गीतको भिडियोलाई समेत दर्शकले मन पराएकोमा उनी मख्ख छन् । विक्रम चौहानले निर्देशन तथा मिलन वि.क.ले सम्पादन गरेको गीतमा मोडलको रुपमा धुव्र र आशा खड्का देखिएका छन् । गीत आशिष म्युजिक प्रालिले बजारमा ल्याएको हो ।


पर्वत जिल्लामा जन्मिएका शर्माको लोक दोहोरी गीत तर्फको रुचि बाल्यकालदेखिनै थियो । गाउँघरमा हुने देउसीभैलो तथा स्कुलमा हुने कार्यक्रममा गीत सुनाउदै उनको यात्रा सुरु भयो । एस.एल.सी. उत्तिर्ण भए लगत्तै रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट स्वर परिक्षा उत्र्तिण गरेको उनी बताउँछन् । उनले पर्वत राम्चे डिल, झुप्पा अगुंरको गित रेकर्ड गराए । यी गीतले उनलाई लोकदाहोरी पारखीले चिन्न थाले । लगत्तै २०६१ सालमा विसहजारी ताल लोक दोहोरी एल्वम वजारमा ल्याए । यो गीतले उनले बेग्लै पहिचान बनाए । उनका साउदी कतार बाइबाइ, लुग लुग जाडो वनायो गीत समेत दर्शक श्रोताले रुचाए ।


उनी गायनमा मात्र नभएर रेडियोमा वोल्ने कलाका कारण पनि श्रोतामाझ परिचित थिए । उनले रेडियो पर्वत तथा रेडियो अर्पणमा स्टेशन म्यानेजर भएर काम गरिसकेका छन् । हाल तनहुँ दुलेगौडाको पञ्चमुनीदेव माविमा भेटेनरी प्रशिक्षकको रुपमा कार्यरत उनी जागीरसँगै फुर्सदको समय गीतसंगीतको क्षेत्रमा दिदै निरन्तरता दिने बताउँछन् ।