पञ्चासेमा यात्रुबहाक बस दुर्घटना हुँदा १ जनाको मृत्यु


पोखरा –  कास्की पर्वत र स्याङजाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा शुक्रबार एक यात्रुबहाक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । एक जनाको घटना स्थल मृत्यु भएको हो । घाइते मध्ये मणिपाल १४, गण्डकी ६
लेकसिटी ७, मेट्रोसिटी २, फेवासिटी ९ उपचार भइरहेको छ ।

प्रहरीले एक जनाको मृत्यु भएको जानकारी दिए पनि स्थानीयले भने तीन जनाको मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा पोखरा–लेखनाथ महानगरपालिका मालेपाटनका दीपक गुरुङको मृत्यु भएको छ ।

दुर्घटना अरु ३८ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको फेवासिटि अस्पताल, गण्डकी अस्पताल, मणिपाल अस्पताल र मेट्रोसिटि अस्पतलामा उपचार भइरहेको छ ।

बालाचतुर्दशीको अवसरमा पञ्चासेमा सद्बीज छर्नका लागि गएका यात्रीहरु लिएर फर्कने क्रममा ध १ ख ८७ नम्बरको बस पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने भञ्याङमा सडकबाट करिब १०० मिटर तल खसेको हो ।

गण्डकी अस्पतालमा

१ सुमन गुरूग

२ सन्ताेष गुरूग

3 प्रेम बहादुर नेपाली

4 सुनिता नेपाली

5 सुस्मिता नेपाली

6 सम्झना नेपाली

मृतक दिपक गुरूग

लेकसिटीअस्पतालमा

१ निश्चल बि क

२ हिमाल सुनार

३ एलिशा सुनार

४ अाकृति सुनार

५ सराेज के शी

६ विनय अाचार्य

७ विजय क्षत्री

मणिपालमा

१ जीवन जि सी

२ सागर गुरूग

३ जमुना गुरूग

४ राम ब गुरूग

५ संसार सुनार

६ दिपेश गुरूग

७ माैसम रिमाल

८ अधि कुमारी गिरी

९ राम कुमारी गुरूग

१० राम ब नेपाली

११ अनुप गुरूग

१२ लक्ष्मी गुरूग

१३ अम्विका क्षेत्री

१४ निशा क्षेत्री