शर्माको ‘गिर्दाबाट बेचिन पुगेका राजपरिवार’ विमोचन


कृष्ण रानाभाट/पोखरा । नवनित साहित्य सागरको आयोजनामा साहित्यकार, संस्कृतीकर्मी तथा नाटककार खगराज शर्मा आचार्यको पुर्णाङ्की नाटक ‘गिर्दाबाट बेचिन पुगेका राजपरिवार’को शनिबार बिमोचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा परिष्दका प्राज्ञ तिर्थ श्रेष्ठलगाएत अतिथिहरुले सम्युक्त रुपमा सो कृतिको विमोचन गरिएको हो ।

कृतिको विमोचन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ कवि तीर्थ श्रेष्ठले जनजीवनमा प्रचलित हरिश्चन्द्र र तारामतीको कथालाई नयाँशैलीमा प्रस्तुत गर्नु चुनौतीपूर्ण कार्य भएको र श्रष्टाले जीवनको उत्तरार्धमा यो कार्य गरेका वताए ।


कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा आदर्श समाज दैनिकका सम्पादक कृष्ण प्रसाद बास्तोला, साहित्यीक संघ संस्थाबाट भुपनिधि पन्त, राष्ट्रिय धर्मसभा जिल्ला समिति कास्कीका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद चापागाई, गुप्तेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता बराललगाएतले नेपालको मौलिक संस्कृति माथि विभिन्न वहानामा चारै तिरबाट आक्रमण भएको बेला आचार्यको कृति प्रकाशित हुनुले नेपाली भाषा र संस्कृतीको संरक्षणमा ठुलो टेवा पुगेको वताए ।

सो अवसरमा प्रा. डा. रामचन्द्र पोख्रेलले कृतिको बारेमा समिक्षा गर्दै पुर्णाङ्की नाटक लेखनको हिसाबले अत्यन्तै उत्कृष्ठ रहेको वताउँदै जसरी नाटकका पात्र पारिवारिक बन्धनमा परेको देखाईएको छ, त्यसरी नै नाटककार शर्माले पनि कृतिमा परिवारको फोटो राखेर आफु पनि पारिवारिक बन्धनमा रहेको देखाएको भन्दै परिवारको फोटो नराखेको भए राम्रो हुने वताएका थिए ।


त्यसै गरी कार्यक्रममा गुप्तेश्वर गुफा ब्यबस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेलले श्रष्टा खगराज आचार्यको व्यक्तित्व तथा पारिवारिक पृष्ठभुमि वताउँदै परिचय दिएका थिए ।

श्रष्टा आचार्यले कृति प्रकाशनमा सहयोग गर्ने परिवारका सदस्य तथा छपाईमा सहयोग गर्ने सबै प्रति कृतज्ञता व्यक्त गर्दै आभार व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बद्रीनाथ पहारीले स्वागत र सचिव डिल्लीराम शर्माले कार्यक्रम संचालन गरेका थिए ।