गण्डकी च्याम्पियनसिपको उपाधि कृतिलाई


राजाराम पौडेल, पोखरा – नव साधना कला केन्द्रले पोखरामा आयोजना गरेको गण्डकी च्याम्पियनसिप २०७४ नृत्य प्रतियोगीताको उपाधि कृति शाहीले जितेकी छन् । ग्रान्ड फिनालिमा पुगेका अन्य १५ जना प्रतियोगीलाई पराजित गर्दै उनले उपाधि जितेकी हुन् । प्रतियोगीतामा अञ्जली मगर द्धितिय, अविक्क्षा आलेमगगर तृतिय र तृप्ति गुरुङ सान्त्वना भए । प्रथमले नगद पचास हजार रुपैया, द्धितियले पच्चिस हजार रुपैयाँ, तृतियले पन्ध्र हजार रुपैयाँ र सान्त्वनाले दश हजार रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्र हात पारे । पोखरा उद्योग वाणीज्य संघको हल ग्रैहापाटन भएको प्रतिष्पर्धामा अनुशासित प्रतियोगीको रुपमा निस्मा गुरुङ र उत्कृष्ट भेषभुषा तर्फको पुरस्कार अञ्जली नेपाली ले जिते ।

गण्डकी अञ्चल स्तरिय प्रतियोगीताको फाइनलमा कृतिका बोहरा, मनिषा गुरुङ, तृप्ति गुरुङ, अञ्जली नेपाली, पार्वती थापा, सजनी गुरुङ, अविक्क्षा आलेमगर, निर्जरी थापा, सन्ध्या तामाङ, पिया गुरुङ, कृति शाही, अञ्जली मगर, स्मृति सुनार, विनिसा तामाङ, निस्मा गुरुङ र सिम्रन ढकाल गरी १६ जना पुगेका थिए ।


नव साधना कला केन्द्रको यो ११ औँ प्रस्तुती रहेको यो प्रतियोगतिाको अडिसनमा झण्डै ४ सय जना प्रतियोगीले भाग लिएका थिए । अडिसनमा सहभागी मध्ये मेगा अडिसनबाट ६७ जना छानिए । सेमिफाइनलको लागि ३७ जना छनोट भए भने फाइनलमा १६ जनाले स्थान बनाए । तीन महिनासम्म प्रतियोगीलाई प्रशिक्षण दिई अन्तिम प्रतिष्पर्धामा उतारिएको नव साधना कला केन्द्रका अध्यक्ष टप बहादुर गुरुङले जनाए ।


प्रतियोगीताको निर्णायकमा वरिष्ठ नृत्य निर्देशक गोरे गुरुङ, सन बहादुर गुरुङ, घनश्याम पुन रहेका थिए । विजेतालाई लोक संस्कृतिकर्मी गजेन्द्र गुरुङ, कार्यक्रम संयोजक अब्बु मिया, संस्थाका अध्यक्ष टप बहादुर गुरुङ, संस्थाका एमडि रविन गुरुङ, विक्रम परियार लगायतले पुरस्कार वितरण गरे ।