स्पेनमा पनि बाम गठबन्धनको चर्चा,बिचार गोष्ठीको आयोजना


बार्सिलोना/ दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल सहित बाम गठबन्धनको चर्चा चुलिएको बेला स्पेनमा पनि छलफल हुने भएको छ। दुई पार्टी निकट प्रबासी नेपाली मञ्च स्पेन र जनप्रगतिशील मञ्च स्पेनले बिचार गोष्ठीको आयोजना गर्दै छलफल गर्न लागेका हुन्।

मंगलबार बार्सिलोनामा “बाम गठबन्धनको स्वागत तथा एकीकृत कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकता र अपरीहार्यता विषयक विचार गोष्ठी कार्यक्रम” को आयोजना गरिएको जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष अर्जुन आचार्यले जानकारी दिए।

कार्यक्रममा स्पेनबासी नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।

  • कार्यक्रम बारे पूर्ण बिबरण :-
  • मिति:  २१ नोभेम्बर  २०१७,मंगलवार,
  • समय: दिनको  २:३० बजे देखि साँझ ८:०० बजेसम्म ।
  • स्थान: ओला  नेपाल  रेस्टुरेन्ट C/Lepanto 323, 08025 Barcelona

    अशोक किरण न्यौपाने                 दिनेश राज रेग्मी
    (महासचिव)                                  (महासचिव)
    नेपाली जनप्रगतिशील मन्च, स्पेन  प्रवासी नेपाली मन्च, स्पेन