मोडलिङ र नृत्यमा जम्दै मुस्कान


पोखरा । विभिन्न साँस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाउँदै आएकी धादिङकी मोडल मुस्कान घले अहिले दर्शकहरु माझ लोकप्रिय हुँदै गएकी छन् ।

धादिङ जिल्लाको विकट गाउँ लापा–६, मा बुबा कान्छा घले र आमा सकिना घलेको कोखबाट कान्छी सुपुत्रीको रुपमा जन्मेकी मुस्कान घले आफ्नो भविष्य मोडलिङ र नृत्य क्षेत्रमा देख्ने उनि नेपालका विभिन्न स्थानमा भएका साँस्कृतिक कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्न गई सकेको वताउँछिन् ।

धादिङको लापामा स्थायी घर भएपनि उनि पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ गगन गौंडा वस्दै आएकी घलेले युवराज भण्डारीद्धारा निर्देशित टेलिचलचित्र एके फोर्टी सेभेन, कुशलब केसीद्धारा निर्देशित पुरपुरो टेलिचलचित्रमा अभिनय गरेका वताउँछिन् ।

त्यस्तै ‘दाईजो दिन हुन्न’, ‘मरक्कै कम्मर’ लगाएत आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरि सकेको वताउने उनले नायिका रेखा थापाबाट प्रभावित भएको वताईन् ।

पोखराको न्युरोडस्थित स्टार स्टुडियोकी संचालिका जसु गुरुङको प्रेरणा तथा उहाँकै प्रशिक्षणमा नृत्य प्रशिक्षण लिएकी मुस्कान घले लोक तथा आधुनिक गितहरुमा प्रायः नृत्य गर्ने गर्दछिन् । यस क्षेत्रमा आउनुमा दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरेका सरोज लामालगाएत सितला अधिकारी, दिपक थापाको महत्वपुर्ण भुमिमा रहेको वताईन् । उनि स्टेज प्रोग्राममा प्रस्तुति दिनको लागि कास्की, स्याङ्जा, पर्वत जिल्लामा मात्र सिमित नभई चितवन, नवलपरासी, काठमाण्डौ, सिरहालगाएतका स्थानमा पनि आफ्नो प्रस्तुति देखाउन गएको वताएकी छन् ।

बच्चैदेखि नृत्यमा रुचि भएको वताउने उनले विगत ३/४ वर्षदेखि व्यवसायिक रुपमा कार्यक्रमहरुमा प्रस्तुत हुँदै आएकी छन् । पारिवारिक रुपमा पुर्ण सहयोग पाएकी २० बर्षिया घलेले यो क्षेत्रमा बुबाआमाले निकै सपोर्ट गरेको वताईन।