प्रधानमन्त्री देउवाद्धारा पोखराको विन्ध्यवासीनि मन्दिरमा दर्शन


पोखरा –  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पोखराको विन्ध्यवासीनि मन्दिरमा दर्शन गरि काठमाडौ फर्किएका छन् । कालिकोटमा आयोजीत चुनावी कार्यक्रमलाई सम्बोधन गरि  काठमाण्डौ फर्कन नसकेपछि देउवा हेलिकोप्टरबाट पोखरा अवतरण गरेका थिए ।

प्रधानमन्त्री देउवाले करिब आधा घण्टा लगाएर विन्ध्यवासीनि र शिवको मन्दिरमा पुराआरधान गरेका थिए । मन्दिर पुग्दा विन्ध्यवासीनि धार्मिक क्षेत्र विकास समितिका सचिब तिर्थ श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवाले पोखरामा सुरक्षा निकायका प्रमुखहरुसंग यस क्षेत्रको निर्वाचन सुरक्षा सम्बन्धि जानकारी लिएका थिए । त्यसैगरि उनले सुरक्षा निकायलाई निर्वाचन भयरहित तवरबाट सम्पन्न गर्नका लागि निर्देशन दिएका थिए ।