मिस गण्डकीको उपाधि रितिकालाई


राजाराम पौडेल,पोखरा- पोखरामा आयोजित चौथो संस्करणको मिस गण्डकीको उपाधि रितिका गुरुङले जितेकी छन् । होटल पोखरा ग्राण्डमा आयोजित अन्तिम प्रतिष्पर्धामा अन्य १५ जना प्रतियोगीलाई पराजित गर्दै उनले उपाधि चुमेकी हुन् । रितिकाले बेस्ट पर्फमेन्स तथा वेस्ट कन्फेल्नेसको सव टाइटल समेत प्राप्त गरिन् ।

एस.टी. क्रियशनले आयोजना गरेको प्रतियोगीतामा जस्मिन गुरुङले फस्ट रनरस्अप सहित वेस्ट स्माइल तथा बेस्ट पर्सनालिटि, प्रज्ञा गुरुङले सेकेन्ड रनरस्अप सहित मस्ट ट्यालेन्ट र ज्योती सापकोटा थर्ड रनर्सअप सहित मस्ट पंच्युलतथा मस्ट पपुलरको सवटाइटल हात पारे ।

उपाधि सहित कुल २४ वटा सवटाइटल वितरण गरिएको कार्यक्रमको ग्राण्ड फिनालीमा पुगेका १६ जना प्रतियोगीलेनै सव टाइटल हात पारे । टप १६ बाट टप १० हुदै टप ६ छनोट गरी अन्तिम रिजल्ट सुनाइएपनि सबै प्रतियोगीलाई एक न एक टाइटल थमाइ खुशी बनाउने प्रयास आयोजकले गरे ।

आई एफ सी फेशन कलेजका १६ जना ड्रेस डिजाइनरहरुको कलात्मक डिजाइनमा सजिएर उनीहरु फिनालीमा उत्रिएका थिए । डिजाइनर तर्फको विजेता सुमोना श्रेष्ठ बनिन् । विनिता गुरुङ फस्टरनर्स अप बन्दा मनदेवी गुरुङ डिजाइनरतर्फ सेकेन्डरनरस्अप बनीन् ।

ग्राण्ड फिनालीमा गायन, नृत्य तथा हाँस्य प्रस्तुती मार्फत दर्शक रमाउने अवसर पाए । निर्धारित समय भन्दा २ घण्टा ढिला गरी सुरु भएको कार्यक्रम राती साढे १० बजेसम्म चलेको थियो । प्रतियोगीताको मुख्य निर्णायकमा मिस नेपाल २००५ सुगारिका केसी रहेकी थिइन् ।