दोस्रो सँस्करणको ‘कर्पोरेट कनेक्शन’को तयारी करिब अन्तिम चरणमा


पोखरा – पोखराको ‘कर्पोरेट कल्चर’को विकास गर्ने उद्देश्यसहितहुनलागेको दोस्रो सँस्करणको ‘कर्पोरेट कनेक्शन’को तयारी करिब अन्तिम चरणमा पुगेको छ । इभेन्ट कम्पनी‘एएसएपी’ले  पोखरामापत्रकार सम्मेलनको आयोजनागरि कार्यक्रमको बारेमाजानकारी दिएको हो । कार्यक्रमआगामीमंसिर १६ गते चाउथेस्थित‘रोयल पाम रिसोर्ट’माहुँदैछ ।

‘पोखरा एउटा इमर्जिङ सिटी हो । र, यहाँको कर्पोरेट कल्चर दिनानुदिन बढ्दैछ । यद्यपी सोहि कुरालाई सपोर्ट गरोस् भन्ने हेतुले हामीले यो कन्सेप्टमा इभेन्ट ल्याएकाहौँ ।’ आयोजक संस्थाएएसएपीकाअध्यक्ष सन्तोष अधिकारीले भने–‘अघिल्लो सँस्करणको बेलामा यो इभेन्टको सक्सेस रेटले पनिहामीलाई पुनः यो कार्यक्रमगर्न उक्साएको हो ।’ उनले यो इभेन्टलाई हरेक वर्ष गरिने जानकारी समेत दिए ।

कर्पोरेट क्षेत्रकामानिसहरुबीचको संजालविस्तार, रिफ्रेसमेन्ट, अन्तरक्रिया र आइडिया शेयरिङलाई थिमबनाएर आयोजकले यो कार्यक्रमगर्न लागेको हो । कार्यक्रममाकर्पोरेट क्षेत्रकामानिसहरुलाई लक्षितगर्दै रञ्जितआचार्यको विशेष प्रवचन समेत राखिएको छ । आचार्यले ‘कर्पोरेट’ क्षेत्रकामानिसहरुलाई प्रोत्साहनगर्ने खालको प्रवचनकार्यक्रममादिनेछन् । त्यो बाहेक उनीहरुलाई ‘रिफ्रेशमेन्ट’को लागिविशेष साँगीतिकतथाहाँस्यकार्यक्रमपनित्यो दिनहुनेछ ।

साँगीतिकतथाहाँस्यकार्यक्रममागायकतथा संगीतकार कालीप्रसादबाँस्कोटा, नायिकानिता ढुंगाना, हाँस्यकलाकार जोगिन्दर पानवाला र जादुगर सुरज मैनालीको विशेष प्रस्तुती रहनेछ । कार्यक्रमको होस्टको रुपमा जिपी तिमिल्सिना र निशापन्थी रहेका छन् ।

२०१६ मास्थापितइभेन्ट कम्पनी ‘एएसएपी’ले यसअगाडि सोहि वर्ष ‘कर्पोरेट कनेक्सन’को पहिलो सिजन गरेको थियो । ‘कर्पोरेट’ क्षेत्रकामानिसहरुबीचको ‘गेट टुगेदर’ले आपसीभाईचाराको विकास गर्न सहयोग गरेको भन्दै यो ‘इभेन्ट’को पुनःमाग भएपछि कम्पनीले यसलाई वर्षेनीआयोजनागर्ने तयारी गरेको हो । यो कम्पनीले नेपालसँगै अष्ट्रेलियामा पनि विभिन्नखाले इभेन्टहरु गर्दै आएको छ । यो बीचमाकम्पनीले अष्ट्रेलियामा फिल्म प्रदर्शन, साँगीतिक कार्यक्रम गरिसकेको छ भने अब एउटा नेपाली फिल्म निर्माणको तयारीमा छ ।