नेपाली क्रिकेट टिम डेनमार्कको दोस्रो डिभिजनमा


  • प्रकाश ढकाल, कोपनहेगन 

डेनमार्ककमा रहेको नेपाली खेलाडीहरु मात्र सम्मिलीत हिमालयन क्रिकेट टिम चौथो अनि तेस्रो हुँदै हाल दोस्रो वरियतामाको डीभीजनमा पुग्न सफल भएको छ । शुरुवातमा चौथो डिभिजनको वरियता खेल खेल्दै आएको नेपाली टोली तेस्रो वरियता हुँदै हाल बढुवा भएर यहाँको दोस्रो डीभीजन वरियतामा उक्लन सफल भएको हो । डेनमार्कमा अध्ययन तथा काम गर्ने नेपाली युवाहरुले बनाएको नेपाली क्रिकेट टिम हिमालयन क्रिकेट टिमको नामबाट यहाँ स्थानीय स्तरमा संचालीत विभिन्न प्रतियोगीताहरुमा खेल्दै आइरहेको छ ।

 

स्थानीय रुपमा डेनमार्कको डेनिस क्रिकेट एसोसिएसनले टोलीको खेल स्तर हेरेर खेल प्रतियोगीताका आधारमा क्रिकेट टोलीलाई पहिलो, दोस्रो, तेस्रो र चौथो डिभिजनको मान्यता दिंदै आएको छ ।

करीब दुइ वर्ष देखी नेपाली टोली क्रिकेट टोली खेल्न थाले पनि डेनमार्कमा संचालन हुने लिग प्रतियोगीतामा गतवर्ष मात्र खेल्न शुरु गरेको थियो । यो वर्ष तेस्रो डिभिजन खेल्न शुरु गरेको टोली ११ अन्य टोलीहरुलाई पराजीत गर्दै अंकको आधारमा पहिलो बन्दै दोर्स्रो डिभिजनमा उक्लिन सफल बनेको हो । यो वर्षको खेलमा नेपाली टोले अनुशाशीत टोली समेत बनेको थियो ।

नेपाली क्रिकेट टोलीले गरेको प्रगती र विविध क्रियाकलापहरुको बारेमा जानकारी दिने उद्धेश्यले हालै क्लबले यूक कार्यक्रमको आयोजना समेत गरेको थियो । जहाँ विविध जानकारी दिइएको थियो । त्यस कार्यक्रममा डेनमार्कका लागि राजदुत युव नाथ लम्सालको पनि उपस्थित रहेको थियो । राजदुत लम्सालले नेपाली क्रिकेट टोलीको सहयोगको लागि दुतावासले गर्न सक्ने पहल सबै गर्ने बताए भने दुतावासले सक्दो सहयोग गर्ने विश्वास पनि दिलाए ।

दोस्रो डिभिजन अन्तर्गत आगामी बर्ष नेपाली टोली विभिन्न प्रतोयोगीताहरुमा दोस्रो डिभिजनमा मान्यता प्राप्त डेनमार्ककका विभिन्न टोलीहरुसंग प्रतिस्पर्धा गर्ने कुरा क्रिकेट टोलीका खेलाडी तथा खेल संयोजक कृष्ण चन्दले बताए ।

नेपाली खेलाडीहरु अहिले सम्म निकै मेहनत गर्दै खेल्दै आएका र दोस्रो डिभिजनमा पुगे संगै कोपनहेगन महानगरपालीकाले चौर तथा केही प्राविधीक सहयोग उपलब्ध गराउंदै आए पनि त्यो प्रयाप्त नभएको यदि पहिलो डिभिजनमा पुग्न सफल बनेको खण्डमा सबै सुविधा पाइने कुरा क्लबका उपाध्यक्ष सुवाशीश ओझाले बताए ।

क्लबका कोषाध्यक्ष शुशिला हमालले बताए अनुसार क्रिकेट खेल खर्चिलो हुने हुँदा खेलाडीहरु आँफैले खर्च तथा स्रोतको व्यवस्थापन गर्नु पर्ने वाध्यता रहेको छ र क्लबको सबै खर्च निकै पारदर्शी रहेको पनि उनले बताइन ।

खेलाडी दिपेन्द्र विस्टले बताए अनुसार नेपाली क्रिकेट टिमको प्रदर्शनबाट अरु टोली पनि प्रभावीत बनेका छन् र नेपाली टोली पहिलो डिभिजनमा पुग्ने सम्भावना धेरै रहेको पनि उनले बताए ।

क्लबका अध्यक्ष विवेक श्री रानाले डेनमार्कमा बस्ने सबै नेपाली दाजुभाइहरुको सहयोग र सदभावले नै नेपाली क्रिकेट टोली अझ माथी पुग्ने अपेक्षा गरेका छन् ।