१५ औ प्याब्सन मिटको उपाधी टप्स मावीलाई


पोखरा – १५ औ प्याब्सन मिटको उपाधी टप्स मावीले हासिल गरेको छ । प्याब्सन मिटमा सहभागी ८० विद्यालयलाई उछिन्दै टप्सले १५ औं प्याब्सन मिटको ट्रफी उचाल्न सफल भएको हो । टप्सले छात्रा भलिवल र छात्रा एथ्लेटिक्समा दर्ता गरेको जित संगै प्राप्त अंकको आधारमा टप्स विजयी बनेको हो ।

टप्सलाई यो उपाधी चौथो पटक हो । टप्सले १२ औ, १३ औं र १४ औं प्याव्सन मिटमा समेत लगातार जितेर ट्रफी आफ्नो कब्जामा पारिसकेको छ । सिनियर फुटबल तर्फको उपाधी हिल पोइन्ट मावीले पाएको छ । हिल पोइन्टले स्नो भ्यूलाई २–१ गोल अन्तरले हराएको थियो । हिल पोइन्टलाइ फुटबलको उपाधी दिलाउन राहुल गुरुङले २ गोल गरेका थिए भने स्ने भ्यूका लागि एक मात्र गोल अंकित श्रेष्ठले गरेक थिए ।

१५ औं प्याब्सन मिट अन्र्तगत सम्पन्न छात्र भलिबल तर्फको उपाधी निलगिरी बोर्डिङले हासिल गरेको छ । फाइनलमा निलगिरीले गोल्डेन फ्युचरलाई २५–१५ र २५–२१ को सोझो सेटमा पराजित गरेको थियो । त्यसै गरि तेश्रो स्थानका लागि भएको खेलमा लिटल ड्याफोडिलले चिरगादी बोर्डिङलाई २५–२० र २५–२१ को सोझो सेटमा पाखा लगाएको थियो ।
टेबल टेनिस तर्फको च्याम्पियन सृजना मावी भएको छ भने दोश्रो मदर ल्याण्ड बोर्डिङ र तेश्रो स्थान स्टेप बाइ स्टेप मावीले हासिल गरेको छ ।

१५ औ प्याब्सन मिटमा सिनयर फुटबल तर्फको उत्कृष्ट खेलाडी हिल पोइन्टका रमेश गुरुङ घोषित भएका छन भने जुनियर फुटबलमा स्नो भ्यूका सन्देश थापा उत्कुष्ट भएका छन । छात्र एथ्लेटिक्स तर्फ प्रगतीका सुयोग भण्डारी उत्कृष्ट भए भने छात्रा तर्फ टप्स मावीकी ममता डगौरा घोषित भइन । छात्र भलिबल तर्फ निलगीरीका बिशेष भण्डारी उत्कृष्ट खेलाडी भए भने छात्रा तर्फ टप्सकी ममता डगौरा उत्कृष्ट खेलाडी भएकी छन ।

आइतबारनै सम्पन्न ४ सय मिटर छात्र दौडमा फिसटेलका प्रशिद्ध रानाभाट पहिलो, ग्लोबलका सौगात घिमिरे दोश्रो र टप्सका आकाश राना तेश्रो भए । ४०० मिटर छात्रा दौडमा एक्स आर्मीकी कुशुम पौडेल प्रथम, टप्सकी रेशमा तिवारी द्तििय र गुरुकुलकी सृजता श्रेष्ठ तृतिय भइन । छात्र ट्रिपल जम्प तर्फ रिभरडेलका दिपेन्द्र सार्की प्रथम, फिसटेलका प्रतिक श्रेष्ठ द्तििय र गोल्डेन नेचरका अमित गुरुङ तृतिय भए । छात्रा ४ सय मिटरको रिले दौड तर्फको इभेन्टमा फिसटेल, बेथानी र सृजना क्रमश प्रथम, द्तििय र तृतिय भए भने सोही इभेन्टको छात्र तर्फ सृजना, बेथानी र प्रगती क्रमश प्रथम, द्तििय र तृतिय भएका छन ।

बिजयी टिम, विद्यालय र खेलाडीहरुलाई जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्र राज पौडेल, नेपाल आलेम्पिक कमिटीका सदस्य तेज बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ, प्याब्सन कास्कीका बरिष्ठ उपाध्यक्ष षडानन्द गौतम लगाएतले ट्रफी, पुरुस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम प्याब्सन कास्कीका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । मंसिर ७ गते बाट औनपचारिक र मंसिर १३ बाट औपचारिक कार्यक्रम गरेर सुरु भएको १५ औ प्याब्सन मिटमा ८० बिद्यालयका ६ हजार खेलाडी सहभागी थिए ।