भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि दीप युनाइटेड ‘ए’ लाई


पोखरा – टिम टाउन लालिगुराँस पोखराले आयोजना गरेको प्रथम पोखरा टाउन भेट्रान्स कप फुटसल प्रतियोगितामा दीप युनाइटेड युवा क्लब ‘ए’ पहिलो भएको छ ।

प्रथमलाई १ लाख मेडल प्रमाणपत्रले सम्मान गरिएको छ । दीप युनायटेड क्लब ‘बि’ दोस्रो भएको छ । दोस्रो हुनेलाई ५० हजार मेडल प्रमाणत्रले सम्मान गरिएको छ । प्रथम भएको दीप युनाइटेड युवा क्लब ‘ए’ले दीप युनाइटेड युवा क्लब ‘बि’लाई ७–२ को अन्तले पराजित गरेर जीत हासिल गरेको हो । सेमिफाइनलमा दीप युनाइटेड युवा क्लब ‘ए’ले रानीपौवा स्पोट क्लबलाई हराएको हो । दीप युनाइटेड युवा क्लब ‘बि’ले लेकसाइड फुटबल क्लब माथि विजयी गरेको थियो । उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा बढी उमेर भएका खेलाडीलाई मात्र समावेश गराइएको थियो ।

मंसीर १६ र १७ गते सम्पन्न प्रतियोगिताबाट बचत रकम नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन जापान जाने १२ बर्ष मुनिको फुटबल टोलीलाई दिने बताईएको छ । बांकी रकम गरिब तथा जेहेन्दार विद्यार्थी एवं विविध सामाजीक कार्यमा खर्चिने कार्यक्रम संयोजक भिषण थापाले जानकारी दिएका छन् ।