स्पेनका तिमिल्सिना र भुसाल एनआरएन मानार्थ परिषद र आईसीसी सदस्यमा मनोनित


काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अन्तरगर्त स्पेनबाट मानार्थ परिषद समिति र अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा गरी दुई जना मनोनित भएका छन्। पुर्ब केन्द्रिय सल्लाहकार समेत रहेका पुष्पराज तिमिल्सिना मानार्थ परिषद समितिमा र शितल भुर्तेल भुसाल अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा मनोनित भएका हुन्।भुसालले राष्ट्रिय समन्वय परिषद स्पेनको सल्लाहकार तथा पुर्ब महिला फोरम संयोजक पदमा रही काम गरेकी छन्।

अनलाइनमा भएको संघको ६० औं बैठकले यसपटक देखि ५१ सदस्यीय मानार्थ परिषद (अनररी परिषद) समिति राख्ने निर्णय गरेको छ।  नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ । संघका प्रवक्ता भूषण घिमिरेका अनुसार शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख संरक्षकमा डा. उपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अन्यसंरक्षकहरुमा निवर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष देवमान हिराचन र पूर्व उपाध्यक्ष रामप्रताप थापालाई नियुक्त गरिएको छ । बैठकले सल्लाहकार समिति र मनोनित केन्द्रीय सदस्य समेत चयन गर्दै मानार्थ परिषद् समिति नामको नयाँ समिति समेत गठन गरेको छ ।

संघको सल्लाहकारमा डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य,शेरबहादुर केसी, दिपकराज जोशी र डा.महाविर पुनलाई चयन गरेको छ ।

यो पनि पढ्नु होस् :- एनआरएनएमा संरक्षक परिषद्,सल्लाहकार समिति र सदस्यहरु मनोनित