पोखरेली कलाकारहरुद्धारा टेलिफिल्म ”पंगा” निर्माण


पोखरा – पोखरामा कलाकारहरुले टेलिफिल्म ”पंगा” निर्माण गरेका छन् । राम बाँस्तोलाको निर्देशनमा बनेको टेलिफिल्म ”पंगा” को टेलर बुधवार एक कार्यक्रम का विच सार्वजनिक गरिएको छ । श्यामशुक्ला फिल्म प्रोर्डक्सनको व्यानरमा निमार्ण टेलिश्रृङखलामा सामाजीक यथार्थतालाई चित्रण गर्ने प्रयास गरेको निर्देषक वास्तोलाले बताए ।

पोखराका विभिन्न रमणीय स्थलमा छायाङकन गरिएको टेलिश्रृङखला लाई पोखराको गण्डकी टेलिभिजन, पोखरा टेलिभिजन, र अमेरिकामा रहेको सगरमाथा टेलिभिजनबाट साथै श्यामशुक्ला इन्टरटेन्मेन्टको युटुव च्यानबाट पनि सार्वजनिक गरने छ ।

राज पटेलले छायाङकन गरेको पंगाको सम्पादन अशोक आले मगर ले गरेका छन् भने कलाकारहरुमा पुर्ण जिसी, बज्रराज अधिकारी, अब्बास अली, प्रशिना आचार्य, रुपेश कार्की, डि. आर. काफ्ले, साहिल गायक, सुवास काफ्ले, उपेन्द्र गुरुङ, विक्रम घताने लगाएतलाई पाउन सकिन्छ । पोखरामा राम्रो कार्यक्रमको थालनि भएको र यसले निरन्तरता पाउनुपर्ने अनि आफ्नो साथ सहयोग सदैव रहने कार्यक्रमका तथा नेपाल चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम वि.क.ले बताए ।

निर्देशक बाँस्तोलाको शव्द संगीत रहेको पंगाको शिर्ष गितमा योेगेश काजीको आवाज रहेको छ भने गितको एरेन्ज एवम् सम्पादन शाहिल गायकले गरेका हुन । नमस्ते स्टुडियो पोखरामा रेकर्डीङ गरिएको शिर्ष गित केही दिनमा सार्वजनिक गरिदै छ । पोखराको चिप्लेढुङगामा रहेको दि भिलेज रेष्टुरेन्ट एण्ड क्याफे मा भएको कार्यक्रममा स्वागत मन्तव्य कलाकार बज्रराज अधिकारीले दिएका थिए । निर्देषक बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचमरकर्मी नारायण भट्टराईले गरेका थिए ।