भिमादको किंहुँको स्कुलमा न्यानो कपडा बितरण


पोखरा । तनहुँको भिमाद नगर पलिका वार्ड न. २, किँहुमा रहेको किँहु आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लब अफ पोखरा लेक भ्यालीको आयोजना तथा जीवन सुरक्षा तथा सामाजिक बिकास नेपाल कास्कीको सहकार्यमा बुधबार न्यानो कपडा बितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी तनहुँ जिल्ला सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्य, बिद्यालयका प्रअ बाबुराम तिमिल्सिना, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुरेशकुमार राना, भिमाद नगर पालिका वडा नं. २ का अध्यक्ष भवानी शंकर लम्साल, समाजसेवी नारायण सिग्देलले बोलेका थिए ।

जिबन सुरक्षा तथा सामाजिक बिकास नेपाल कास्की संयोजक अम्बिका खड्का ढकालले बिद्यार्थी भाइबहिनीको उज्ज्वल भबिस्यको कामना र बिद्यालयको प्रगतिको कामना गरेकी थिइन् ।

त्यस्तै स्कुल सपोर्ट संयोजक टोलप्रसाद अर्याल, राष्ट्रिय परोपकार महासंघ नारी नगर समितकि अध्यक्ष रेनु थापा लगाएतले बोलेका थिए ।

सो अबसरमा कक्षा १ देखि ५ सम्मका ३५ छात्रछात्रा जनालाइ स्वीटर, टोपी, मोजा बितरण गरिएको थियो ।

राणा सासनको पालामा १९९६ सालमा स्थापना भएको स्कुल अहिले जिर्ण अबस्थामा भएकोले लायन्स क्लब अफ पोखरा लेक भ्यालीले एडप्ट गरेको क्लबका अध्यक्ष शंकर गिरिले बताए ।

एक देखि पाँच कक्षासम्म पढाई हुने उक्त स्कुलमा दरबन्दीका २ जना मात्रै शिक्षकले अध्यापनरत रहेका छन् ।

क्लब अध्यक्ष शंकर गिरिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद गौतमले गरेका थिए ।