एक लाख रुपैयाँ घुस लिँदै गर्दा नायब सुब्बा पक्राउ


भक्त्तपुर – जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेशन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई  एक लाख रुपैयाँ घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।

सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर  १५ हजार रुपैयाँ बुझाइसकेपछि पनि थप  एक लाख रुपैयाँ घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ । रासस