दोस्रो बृहत् शैक्षिक प्रदर्शनी एवम् १२ औ लोकनृत्य प्रतियोगिता–२०७४ शुरु


पोखरा – नेशनल प्याब्सन कास्कीको अयोजना शुक्रवार देखि दोस्रो बृहत् शैक्षिक प्रदर्शनी एवम् १२ औ लोकनृत्य प्रतियोगिता–२०७४ शुरु भएको छ। पोखरा प्रदर्शनी केन्द्र,  नयाँबजारमा भएको प्रदर्शनी पुष २ गते सम्म चल्ने छ।

‘एन प्याब्सान कास्कीको  पहिचान,  विद्यालय शिक्षामा व्यवहारीक ज्ञान भन्ने  मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा भाषा,  विज्ञान तथा प्रविधि,  गणित,  सामाजिक शिक्षा र  पूर्व  प्रावि गरी पाँच विधा समावेश गरिएको छ।बृहत शैक्षिक प्रर्दशनीमा हरेक विधामा प्रथम, द्वितीय, तृतीय र चौँथो हुने विद्यालयलाई पुरस्कृत गरीने छ साथै सवै बिधाहरुको अंकको आधारमा समग्र रुपमा उत्कृष्ट प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई समेत पुरस्कृत गरिने नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले बताए।

प्रदर्शनीको शुक्रवार एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे।
कार्यक्रममा बोल्दै प्रमुख जिसीले प्रदर्शनी उद्यमशिलताको विकास गर्ने कोषेढुङ्गा बनेको बताएका छन्। ‘प्रदर्शनी उद्यमशिलताको विकास गर्न उपयुक्त माध्यम बनेको छ’–उनले भने– ‘यसको प्रवद्र्धन गर्नका लागि महानगरपालिका पनि सधै साथमा रहने छ।’
उनले अव महनगरपालिकालाई सत प्रतिशत नजिता चाहिएको बताए। ‘महानगर पालिकामा उत्पादित विद्यार्थीहरु हरेक ठाँउमा प्रतिस्पर्धा गर्न सक्नुपर्दछ’–उनले भने’ ‘यसका लागि महानगर पालिकाले के गर्नु पर्दछ आउनुहोस् वसेर छलफल गरौं।’

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले प्रदर्शनीले सिकाइको शुरुवात गरेको बताइन्। ‘प्रदर्शनी सिकाइ, सिप ज्ञान र क्षमताको विकास गर्ने काम गरेको छ’–उनले भनिन्–‘यसले मूलत विद्यार्थीहरुलाई पढाइका अलाव हरेक क्षेत्रमा रुचि बढाउने काम गरेको छ। यो नै सकरात्मक पाटो हो।’
नेशनल प्याब्सानका केन्द्रीय महासचिव सुवाष न्यौपानेले शैक्षिक गुणस्तबृद्धिका लागि सामूदायिक विद्यालयको नै स्तरोन्नती हुन पर्ने उल्लेख गर्दै सामूायिक विद्यालयको स्तरोन्नतीको लागि निजि विद्यालयसधै सकारात्मक रहेको बताए। उप जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले प्रदर्शनी हरेर कस्केलीले फाइद लिनु पर्ने बताए।
कार्यक्रममा एन प्याब्सान प्रदेश नं. ४ का अध्यक्ष यामबहादुर खड्का, प्याव्सूका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्याय, प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की लगाएतले बोलेका थिए।
व्यवहारिक शिक्षा आजको  आवश्यकता भन्ने  नारा आत्मसाथ गर्दै  २०७१ सालमा पहिलो  बृहत् शैक्षिक प्रर्दशनीको  ऐतिहासिक सफलतापछि नेशनल प्याब्सान कास्कीले  दोस्रो  संस्करणको  रूपमा यो  प्रदर्शनी आयोजना गरेको हो। विद्यार्थीद्वारा निर्मित सामग्रीको  विद्यार्थीबाट नै  प्रस्तुत गरिने  उक्त कार्यक्रमले  समग्र शैक्षिक क्षेत्रमा अभिप्रेरणा तथा नयाँ आयाम थप्ने  अपेक्षा आयोजक एन प्याब्सानको  छ।
नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सञ्चालन सचिव मनकाजी गुरुङले गरेका थिए। कार्यक्रममा एन प्याब्सानमा आवद्ध विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए।