कास्कीकोटको प्रचार गर्ने उद्देश्यले म्यूजिक भिडियो निर्माण


पोखरा – पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको कास्कीकोटको प्रचार गर्ने उद्देश्यले म्यूजिक भिडियो निर्माण गरिएको छ ।तत्कालीन कास्कीकोट गाविस हाल पोखरा लेखनाथ महानगरपालिका वडा २४ कास्कीकोट प्रचार प्रसार नहुदाँ ओझेलमा परेको भन्दै त्यसलाई म्यूजिक भिडियो मार्फत चिनाउन निर्माण गरिएको “मेरो प्यारो गँउ” म्यूजिक भिडियोको शुक्रबार विमोचन गरिएको छ ।

कास्कीकोट ग्रामिण पर्यटन प्रवद्र्धनका लागी पञ्चेबाजाको तालमा गाइएको गीतलाई भिडियो मार्फत चिनाउन खोजिएको छ । कास्कीकोट दरबार लगायत त्यस क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको प्रचार गर्न गीत र भिडियोमा समावेश गरिएको छ । शाह वंशको उद्गमस्थलका रुपमा रहेको कास्कीकोट दरवबार पर्यटकीय र धार्मिक रुपमा महत्व बोकेको क्षेत्र हो । कास्कीकोट ग्रामीण पर्यटन प्रवद्र्धनका लागी पञ्चेबाजाको तालमा निर्माण गरिएको म्यूजिक भिडियोको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुक्रबार विमोचन गरेका छन् । भिडियोको विमोचनपछि बोल्दै मेयर जिसीले सराङकोटको डाँडादेखि कास्कीकोट हुदै देउरालीसम्म फुट ट्रयाक निर्माण गर्न सके आन्तरीक तथा बाह्य पर्यटक भित्राउन सकिने बताए । ‘सराङकोदेखी देउरालीसम्मको डाडाबाट फुटट्रयाक निर्माण गर्न सके पर्यटक भित्रिने छन् ’ उनले भने, तिन चार किलोमिटर हिडने र त्यसपछि आराम गर्ने पर्यटकका लागी आवश्यक होटल, कजेटको ब्यवस्था गरे यहाँ मान्छे धेरै आउने छन् ।’ मेयर जिसीले म्यूजिक भिडियो मार्फत प्रचार प्रसार गरेर यहाँको पर्यटन प्रवद्र्धनसंगै आर्थिक रुपमा परिर्वतन ल्याउनुपर्नेमा जोड दिए । ‘यहाँ पर्यटक भित्राएर उनीहरुलाई खर्च कसरी गराउने भन्ने बारे सोच्नुपर्छ ।’ उनले पोखराका हरेक ठाँउको आआफनै विशेषता रहेको बताउदै पोखरामा पर्यटकलाई १५ दिन भुलाउन सकिने बताए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २४ का वडा अध्यक्ष ओम सुवेदीले कास्कीकोट वरिपरिको क्षेत्रलाई विकास गदै पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ म्यूजिक भिडियो निर्माण गरिएको बताए । उनले कास्कीकोट पर्यटकीय सम्भावना बोकेको भएपनि ओझेलमा परेको बताए । गीतका सर्जक पुर्णचन्द्र अधिकारीले कास्कीकोट सम्भावना भएरपनि पछि परेको र यहाँको महत्वलाई उजागर गर्न म्यूजिक भिडियो निर्माण गएिको बताए । गीतमा तारापति सुवेदी, जुना श्रीसले स्वर दिएका छन् भने शब्द परिकल्पना पूर्णभद्र अधिकारीको रहेको तय तारापति सुवेदी र एरेन्जर तारानाथ आचार्य रहेका छन् । म्यूजिक भिडियोमा अभियन करिश्मा ढकाल र कास्कीकोटबासीको रहेको छ । म्यूजिक भिडियोेको छायाँङकन करन चैसिर, सम्पादन विष्णु शर्मा, निर्देशक प्रकाश भट्, ड्रोन अपरेटर रेशम दर्लामी रहेका छन भने दृश्य निर्माण साई भिजन प्रालिले गरेको छ । यसैवीच कार्यक्रममा गीतका सर्जक पूर्णभद्र अधिकारी, गायक तारापती सुवेदी, प्रकाश भटलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेयर मानबहादुुर जिसीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।