छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ पोखरामा सुरु


पोखरा – पोखरामा छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ सुरु भएको छ । शनिबारदेखि पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा हेमजा युनाईटेड क्लवले विजयी सुरुवात गरेको छ ।

पोखराको संगम क्लवको आयोजनामा सुरु भएको उद्घाटन खेलमा हेमजाले काजिपोखरी एफ.सी.लाई ४–१ को गोल अन्तरले पराजित गरेको हो । हेमजाको जितमा ईश्वर नेपालीले दुई, सुमन सुनार र अस्मित कुवंरले एक एक गोल गर्नुृभयो ।त्यसै गरी दोश्रो खेलमा आर.टि. सेन्टर विजयी भएको छ । आर..टी.ले हिल प्वाईन्ट स्कुलको टोलीलाई २–० ले परााजित गर्यो । आर.टि. सेन्टरको जितमा खेलको पाचौं मिनेटमा सौगात राना र खेलको ४८ औं मिनेटमा प्रदिप परियारले एक एक गोल गर्नुभयो । आइतबार पहिलो चरणकै ४ वटा खेल हुने भएको क्लवले जनाएको छ ।

पुष ७ गतेसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दर्शन लामाले रेफ्रि सन्तोस गुरुड्डलाई वल हस्तान्तरण गरी गर्नुभयो । प्रतियागितामा विभागिय एक टोली सशस्त्र प्रहरी वलको एपिएफ सहित २३ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई एक लाख २५ हजार, उपविजेतालाई ६५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाईकरलाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।