के हो स्मार्ट सिटि, सम्भव छ त पोखरा स्मार्ट सिटि ?


लक्ष्मण तिमिल्सिना,पोखरा – स्थानीय निर्वाचन ताकाको देश ब्यापी एक बहस नै बन्यो स्मार्ट सिटि ,हालसालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समेत उम्मेदवार अछुतो रहेनन् यस मुद्दा उठाउनको लागि । बिशेष गरि कास्कीका तिनै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले स्मार्ट सिटि तथा स्याटलाइट सिटि निर्माणको प्रतिबद्दता आफ्ना प्रतिबद्दता पत्रमा उल्लेख गरेका नै छन् । अब बिरोध भन्दा नि स्मार्ट सिटीको सम्भाब्यताबारेमा छलफल र बहस सन्चालन गर्नु आजको आवश्यकता हो भन्ने लाग्छ । सडकमा छाडा चौपाया देख्दा समेत स्मार्ट सिटि भनेर खिल्ली उड़ाउने नागरिकहरु स्मार्ट नबनुन्जेलसम्म सहर स्मार्ट बनाउने सपना अधुरो रहन्छ । स्मार्ट सिटि निर्माण आमा पोखरेलीको सपना हो साथै मिसन पनि हो तर यसका लागि हामीले बुझेको स्मार्ट सिटि सिधा प्रबिधिमैत्री समाज निर्माणको परिकल््पनामात्रै हो कि भन्ने भान धेरैका अभिव्यक्ति सुन्दा अनुभूत हुन आहुछ ।

स्मार्ट सिटि के हो ?

स्मार्ट सहर को आधिकारिक व्याख्या र अवधारणा छैन तर पनि बिभिन्न स्थानमा गरिएका ११६ परिभाषाहरु हाम्रा माझ फेला पर्छन स्मार्ट सिटीका बारेमा जस्तै स्मार्ट सिटि भनेको छरितो सहर भन्ने बुझिन्छ । प्रविधियुक्त व्यवस्थित सहरको रुपमा समेत चित्रण गर्न सकिन्छ । सूचना प्रविधिको अधिकतम् प्रयोग गरी सेवा सुविधालाई सहज र सरल बनाइएको शहर,नागरिक नागरिक, नागरिक र सरकारवीचको सञ्चार र सम्वादलाई सहज र सर्वसुलभ बनाइएको शहर,विभिन्न सेवा सुविधाहरु इन्टरनेट मार्फत अटोमेशन प्रणालीमा आवद्घ शहर,फुर्तिला, स्वस्थ, लगनशील र उत्पादनशील नागरिक वस्ने शहर,उर्जाको कम खपत हुने र वातावरण मैत्री पूर्वाधारको व्यवस्था भएको शहर आदि ।

सूचना तथा सञ्चार प्रविधीमा पछिल्लो समय भएको विकासले मानव जीवन निकै सहज भएको छ।संसारको जुनसुकै कुनामा सस्तो र सहज सञ्चार सम्भव भएको छ,तथ्याङ्क , सूचना र ज्ञानको श्रोतहरुसम्मको पहुँच सजिलो भएको छफलस्वरुप विश्व नीकै सांघुरो बनेको छ ।स्मार्ट सिटि निर्माणका लागि के के चाहिन्छ भन्नेबारेमा हामिले साधारण रुपमै सोच्दा समेत पर्याप्त हुनेछ ।जस्तो व्यवस्थित र योजनाबद्घ वस्ती, ब्रोडव्याण्ड सहितको इन्टरनेट सुविधा,नियमित विद्युत आपूर्ति र आवश्यक हार्डवेयर र सफ्टवेयर,नागरिकहरुलाइ सूचना प्रविधि सम्वन्धी आधारभूत तालीम,विभिन्न सेवा र सूचना आदान प्रदान गर्न मोवाइल एप्सको प्रयोग,मानिसहरु भेटघाट नगरीकन सेवा आदान प्रदान हुने अनलाइन सेवा प्रणाली साथै बिना झन्झन्ट नागरिकहरुको कार्य सम्पादन पर्दछन ।

नेपालमा कसरि गरियो स्मार्ट सिटीको परिकल्पना

सन २०१२ मा ‘लुम्बिनी शान्ति शहर’को गुरुयोजना बनाउने जमर्को भएको थियो । यसमा आधुनिक सूचना प्रणालीका सवै संयन्त्रहरुको परिकल््पना, पार्क, हरियाली र वातावरणमैत्री तथा प्रदूषणरहित शहरको रुपमा ‘लुम्बिनी शान्ति शहर’लाई अघि सारिएकाले लुम्बिनी शान्ति शहर नै स्मार्ट सिटीको रुपमा विकास हुन सक्छ । सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न काम अघि बढाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत नयाँ शहर आयोजनाले लुम्बिनी सहित निजगढ र पालुङ्टारलाई समेत स्मार्ट सिटीको रुपमा विकास गर्न परामर्शदाता छनोटका लागि सूचना जारी गरेको छ ।
कहाँबाट शुरु गर्ने ?

स्मार्ट सिटि बहसलाइ ब्यवहारिकतामा लैजान काम कहाबाट सुरु गर्ने अन्योलता भने देखिएकै छ ,यसबारेमा किशोर थापाको धारणाले केहि अधुरो सुरुवात र अन्योलताको नेतृत्व गर्न सक्छ । तत्कालै गर्नसकिने कुराहरु

  • नगर क्षेत्रमा ब्रोडव्याण्ड इन्टरनेट सेवाको विकास गर्ने।
  • प्रत्येक घर परिवारको इमेल ठेगाना तयार गर्नुका साथै डाटा केन्द्र स्थापनाका कार्य अगाडि बढाउने ।
    ड्ड वडा कार्यालय र प्रधान कार्यालय जोडिने गरी इन्ट्रानेट सेवा स्थापना गर्ने।
  • एकिकृत सम्पति कर, घर वहाल कर, विजुली टेलिफोन, पानीको बील मोबाइल फोनबाटै तिर्ने व्यवस्था र कुनै गुनासो भए मोबाइलबाटै टिपाउने व्यवस्था गर्नुका साथै शहरलाइ क्यासलेस बनाउने ।
  • सडक वत्ती, ट्राफिक चिन्ह, सिसि टिभिको व्यवस्था गर्ने ।
  •  लामो दूरीका बसको अनलाइन टिकेटिङ्गको व्यवस्था,विद्युतीय सवारी साधनको प्रर्वद्घन
  • घरघरमा विजुलीबाट खाना पकाउने व्यवस्था
  • ठोस र तरल फोहरको छरितो व्यवस्थापन
  • नगरपालिकाको छरितो वेवसाइट निर्माण गरि नागरिकलाइ आवश्यक जानकारी ,नक्सा पास लगायतका कार्य अनलाइन मार्फत सम्पन्न गर्ने ,यसो गर्दा नागरिक र कर्मचारी बिच दोहोरो सम्बाद नहुने हुदा भष्ट्राचार न्युनिकरण हुनुका साथै सेवा समेत चुस्त र दुरुस्त हुनेछ ।
  • सामाजिक सञ्जालका कार्यक्रम मार्फत नगरवासीसँग पदाधिकारीहरुको अन्तरक्रिया गर्ने व्यवस्था,
  • खुला स्थानको विकास र व्यवस्थापन,
  • प्रबिधिको प्रयोगका साथै खोज ,अनुसन्धानमुलक ब्यवहारको बिकास ।

स्मार्ट नागरिक, स्मार्ट योजना

स्मार्ट सिटि निर्माणका लागि कुरा होईन काममा जोड दिनु प्राथमिकता हो । यस्का लागि पहिले त हामिले हाम्रा नागरिकहरुलाई नै स्मार्ट बनाउन तर्फ ध्यान दिनु जरुरी छ । हामिले जति प्रबिधिका कुरा गरेपनि हाम्रा नागरिकले त्यस्को प्रयोग गर्न सक्छन कि सक्दैनन भन्ने कुरा प्रमुख हो । कुनै अत्याधुनिक प्रबिधिको प्रयोगका लागि नागरिकले आफुलाइ तयार गर्न सक्नुपर्छ ,नत्र त्यस्को प्रयोग नै ब्यर्थ हुन सक्छ । स्रोतको कमिले होइन सोचको कमिले स्मार्ट सिटि बन्न नदिन पनि सक्छ । तसर्थ स्मार्ट सिटिले कोहि कसैको चाहनाले भन्दा पनि नागरिकको स्मार्टनेस सगै आधार तयार गर्दछ । अल्बर्ट आइन्सटाइनले इलेक्ट्रोनिक तरङगको कुरा गर्दा हासो मजाक र असम्भव ठान्ने समाज नै आजएन्ड्रोइड फोन बोक्ने समाजमा रुपान्तरण भइसकेको छ । अत स्मार्ट सिटि सपना होइन यथार्थ बनाउनको लागि आचरण र अध्ययनशिलताको बिकास हुनु जरुरी देखिन्छ । स्मार्ट सिटि निर्माणका लागि गोष्ठि सेमिनारमा सहभागि हुने तर सामान्य घर अगाडि नै फराकिला सडक निर्माणको कुरा उठ्दा बिरोधमा आहुने नागरिकहरुको सोचले सहर स्मार्ट बन्न सक्दैन ।

स्मार्ट सहर निर्माणको सपना हाम्रा ब्यबहारहरुले सार्थक पार्न सक्छन । स्मार्ट शब्दको धज्जी त्यतिबेला उडेको महशुश हुन्छ जतिबेला घण्टौ समय खर्चेर आसन ग्रहण गराएर दर्शक दिर्घा जतिनै अतिथि राखेर धेरैको वाककलाले स्मार्ट सिटिको सपना बाड्छन आयोजकहरु । अब हाम्रा कार्यक्रमहरु प्रबिधिको प्रयोग गर्दै अत्याबश्यक बहस गर्दै शैलि परिबर्तन गरेर गर्नुले पनि कार्यक्रमहरु छरितो र प्रभाबकारी हुने छन । यस्तै सानो तिनो परिवर्तनबाटै बिस्तारै आधारहरु बन्दै जानेछन स्मार्ट सिटि निर्माणका लागि ।

हाम्रा योजनाहरु स्मार्ट नबनिन्जेल शहर स्मार्ट बन्ने बाटोमा अगाडि बढ्नै सक्दैन । सर्वप्रथम राज्यसग सहर बिकासको गुरु योजना तयार हुनु प¥यो साथै त्यसलाइ कार्यान्वयनका लागि स्पष्ट निति । जमिन चिरा पारेर आवास निर्माण भन्दा सामुहिक आवासमा जोड दिनु पर्छ । स्मार्ट कृषि ,स्मार्ट स्वास्थ्य ,स्मार्ट शिक्षा, स्मार्ट खानेपानिका लागि योजनाहरु तयार गरि सगसगै लैजानू पर्छ । योजनाहरुको कार्य सम्पन्न गर्दा अनुगमन प्रबिधिको प्रयोगबाटै गर्दा कमिशनको गोलचक्करबाट मुक्ति मिल्न जान्छ । यिनै परिबेशहरुले तयार पार्नेछन हाम्रो भुगोल अनुकुलको स्मार्ट सिटि ।

के गर्दैछ महानगरपालिका ?

आम नागरिकको चासोको बिषय महानगरप्रमुखले निर्वाचन ताका भनेको स्मार्ट सिटि निर्माणको कार्य कता पुग्यो । तत्कालै हुने र देखिने काम नभएतापनि महानगरपालिका स्मार्ट सिटि निर्माणका लागि कटिबद्ध भएर लागेकै छ । जापानको आइटि भेन्चर सग अध्ययन सम्झौता गरेर स्मार्ट सिटि हब बनेर स्मार्ट सिटि निर्माणको सम्भाब्यता अध्ययन कार्य सुरुवात भइसकेको छ । सम्भाब्यता अध्ययनको रिपोर्टका आधारमा काम अगाडि बढाउने योजना महानगरपालिकाले अगाडि सारेको छ । यसका अलावा महानगरपालिकाले आफ्नो वेवसाइटका माध्यमबाट सुचना सम्प्रेषण कार्य तिब्र पारिसकेको छ । राजस्वमा टोकन प्रणालि महानगरपालिकाले लागु गरिसकेको छ ।

जनताले घरमै बसेर नक्सा पास गर्न प्रयोग गरिएको इन्ट्रानेट पद्धतिलाइ अनलाइन नक्सा पासको लागि छलफल तिब्रता पारिएको छ । पोखरामा भएका सम्पुर्ण ब्यवसाय ,संघसंस्था,स्थान लगायतको जानकारी,गुनासो सुन्नको लागि महानगर मोवाइल एप तयार गर्ने प्रक्रियामा अगाडि बढेको छ । साथै पोखरा मुख्य स्थानमा सुचना पोर्टल राख्ने र ब्यवसायीलाई समेत सुचिकृत गर्ने महानगरको तयारीले दुई तिन महिना भित्रै सार्थक रुप लिने गरि कार्य अगाडि बढिसकेको छ । हरेक वडामा अनलाइन घटना दर्ता कार्य सुरु भइ सकेको छ । ड्रेन ,फुटपाथ र साइकल लेन सहितका नमुना सडक निर्माण कार्य तिन बर्ष भित्र सम्पन्न गर्ने गरि अगाडि बढिसकेको छ ।
तिमिल्सिना पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकीयसचिव हुन् ।

तपाईको प्रतिक्रिया