भदौरे पञ्चासे महोत्सवको सम्पुर्ण तयारी पुरा


पोखरा – अन्नपुर्ण गाँउपालिका वडा नं ४ को सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुषको ४ गते देखि ९ गते सम्म सञ्चालन हुन गइरहेको २०औ भदौरे पञ्चासे महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । मेला सञ्चालनको लागि स्टल बुकिङ, मञ्च, गेट निर्माण, पुरस्कारहरु, शिल्ड, मेडल, प्रमाणपत्रहरु, आदि सम्पूर्ण तयारी पुरा भएको छ ।

वि सं २०५५ साल देखि निरन्तर रुपमा सञ्चालन भैरहेको मेला यस पटक पनि भदौरे क्वले निरन्तरता दिएको हो । मेला सञ्चालनका सहयोगीहरुमा अन्नपुर्ण गाउपालिका, जिल्ला समन्वय समिति कास्की, नेपाल आदिवासी जनजाती समन्वय समिति कास्की, क्षेत्रीय खेलकुद विकास सघं, कास्की जिल्ला खेलकुद विकास संघ, कास्की जिल्ला भलिवल संघ, कास्की जिल्ला भलिवल संघ रहेका छन् । साथै अन्य सहयोगिमा श्री बहादुरे माध्यमिक विद्यालय, श्री पञ्चासे बोर्डिङ स्कुल , श्री भदौर आमा समुह, सृजना युवा तथा आमा समुह आदि रहेका छन् ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन मुख्य उद्धेश्य रहेको महोत्सवमा फुटवल प्रतियोगिता, भलिवल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, चर्चित राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक प्रस्तुति, कन्सर्ट, गुरुङ् चलचित्रको पर्दशनी, छेलो, रस्सा कस्सी, अदि कार्यक्रमहरु समावेस गरिएका छन । फुटबल प्रतियोगितामा २० समुह र भलिबलमा १५ समुह प्रतिश्पर्धा गर्दैछन भने अन्य प्रतियोगितामा पनि उल्ल्ेख्य सहभागिता रहेको छ । महोत्सव सम्पन्न गर्नको लागि स्वदेश तथा विदेशमा रहनुभएका विभिन्न व्यक्ति एवं संघ संस्थाहरुको सहयोग रहेको छ । विभिन्न प्रायोजकहरु एवं क्लवलाई उल्लेख्य सहयोग गर्ने विशिष्ट व्यत्तित्वहरुलाई सो अवसरमा सम्मान गरिने समाजसेवी अइनदल गुरुङले बताउनुभयो ।

पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरीक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावा पानी रहेको सो मनमोहक गाँउ प्रकृतिक छटाले भरिभराउ छ । सैयौ प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपुर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुछ«े लगाएतका हिमालहरु नजिकै प्रश्ट रुपमा देख्न सकिन्छ ।

स्थानीय स्तरमा उत्पादित परम्परागत प्राङ्गारिक खानाका परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने कुरा भदौरे क्लवका अध्यक्ष जिवन गुरुङ वताउछन् । पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित छन् । साविक भदौरे तामागी गा.वि.स वडा नं १ मा रहेको उक्त गाँउ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ ।