अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा प्रभातफेरी


पोखरा – अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा पोखराको प्रभातफेरी गरिएको छ । अन्तराष्ट्रिय आप्रवासन दिवस मूल समारोह समिति कास्कीको आयोजनामा सृजना चोकदेखि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रभातफेरी सम्पन्न भएको थियो ।

कोण सभामा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर क्षेत्रीले बैदेशिक रोजगारमा गएका नेपालीहरू विभिन्न समस्याबाट ग्रसित बन्ने गरेको बताए । उनले नेपाली युवालाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिनु अपरिहार्य भएको बताए । उनले राजनीतिक स्थिरता र विकाससँगै विदेशिएका युवालाई स्वदेशमा फर्काउन सकिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल मानव अधिकार आयोग पोखरा कार्यालयका मानव अधिकार अधिकृत मोहन काफ्लेले बैदेशिक रोजगारीमा गएका युवाहरूले भोगेका समस्याको निराकरणमा सबैको एकताबद्ध प्रयास आवश्यक रहेको जोड् दिए । उनले ४० लाख नेपाली बिदेशमा रोजगारीका लागि गएको बताए ।

नेपाल पत्रकार महांघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बैदेशिक रोजगार सुरक्षित, व्यवस्थित एवम् मर्यादित बन्न नसकेको बताउँदै युवाहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नु बर्तमानको आवश्यकता भएको बताए ।