हिसान कास्कीले पोखरा रंगशालामा ११ औं स्र्पोट्स मिट आयोजना गर्ने


पोखरा – निजी कलेज तथा विद्यालयहरुको छाता संस्था हिसान कास्कीले पुष ८ गते पुष ११ गते सम्म पोखरा रंगशालामा ११ औं स्र्पोट्स मिट आयोजना गर्ने भएको छ ।

हिसान कास्कीका अध्यक्ष रामजी शर्माले स्र्पोट्स मिटको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदैं हिसान कास्कीमा आवद्ध कास्कीका ६० विद्यालयहरु सहभागीता रहने बताए । स्र्पोट्स मिटमा ५ वटा इभेन्टहरु छात्र÷छात्रा भलिवल, छात्र÷छात्रा बास्केटबल र टेबुल टेनिस छात्र÷ छात्रा सिंगल्स, छात्र÷छात्रा मिक्स डबल्सका खेलहरुमा करिब २ हजार विद्यार्थीहरु प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए । अध्यक्ष शर्माले हिसान कास्कीले स्र्पोट्स मिटको निरन्तरता दिनुको मुख्य उद्धेश्य आफ्ना कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलमा प्रतिष्पर्धाको अवसर प्रदान गर्दै उनीहरुका विचमा आपसी मित्रता अभिवुद्धि गर्नु रहेको बताए ।

प्रतियोगिता सम्पन्न गर्न हिसानका सल्लाहाकार रमाकान्त बराल (मदरल्याण्ड मावी)को संयोजकत्वमा विभिन्न १२ वटा उपसमितीहरु गठन गरिएको छ । बास्केटबल उपसमितीको संयोजकमा पुष्पराज पराजुली (सबलाइम), भलिबल उपसमितीको संयोजकमा पुरन कुंवर (ज्योती कुञ्ज) र टेवुल टेनिस संयोजकमा दुर्गादत्त पगेनी (बालोदय मावी) रहेका छन ।

त्यस्तै खाना–खाजा उपसमितीको संयोजकमा ढाकाराम कंडेल (न्यु लाइट), स्टेज तथा साउण्ड सिस्टम संयोजकमा सुन्दर प्रसाद ढकाल (जेसिए), मेडिकल तथा शुरक्षामा शेर बहादुर गुरुङ (लिटिल स्टेप), प्रमाणपत्र तथा मेडलमा नारायण शर्मा चापागाइ (स्पाइरल ग्यालेक्सी), रिर्पोटिङमा डा. पुण्य प्रसाद शर्मा (प्रतिभा मावी), न्याययिक उपसमितीमा सूर्य जिसी (अन्नपुर्ण क्याम्पस) र कार्यालय व्यवस्थापनमा दिवाकर जैसी (हिल पोइन्ट) र आर्थिक उपसमितीमा त्रिभुवन शर्मा (मदरल्याण्ड मावी ) र स्वागत तथा सत्कारमा यम रोक्का (डायमन्ड मावी) रहेका छन ।
प्रतियोगिता सम्पन्न गर्न करिव ९ लाख खर्च लाग्ने अध्यक्ष रामजी शर्माले जानकारी गराए ।