तमु समाज स्पेनले चौथौ अधिबेशनसँगै ल्होसार मनाउदै


फाईल तस्बिर

बार्सिलोना/तमु समाज स्पेनले चौथौ अधिबेशनसँगै ल्होसार पनि मनाउने भएको छ। हरेक बर्ष ल्होसार बिशेष कार्यक्रम राख्दै आएको समाजले अधिबेशनसँगै शुभकामाना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै छ। आगामी मंगलबार बार्सिलोनामा कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।

सन् २००७ मा बेन बहादुर गुरुङको अध्यक्षतामा तदर्थ समितिको गठन गर्दै समाजको स्थापना भएको थियो। सन् २००९ मा पहिलो अधिबेशनबाट ओमर गुरुङले नेतृत्व सम्हालेका थिए। सन् २०१२ र २०१४ मा सम्पन्न दोस्रो र तेस्रो अधिबेशनबाट ज्योती गुरुङ अध्यक्ष बनेकी थिईन्। समाजको चौथौ अधिबेशनले नयाँ कार्यसमिति चयन गर्दै छ।

कार्यक्रम बारे पूर्ण बिबरण :-

  • मिति:- २६ डिसेम्बर २०१७,मंगलबार
  • समय:- साँझ ५ बजे देखि राति १०:३० बजेसम्म
  • स्थान:- solaris Banquete c/Tarragona 177
  • Metro L3 (tarragona) L5 (sant estacion)