संगम कप फुटवल प्रतियोगितामा आजबाट क्वाटरफाईनलका खेल हुने


पोखरा – पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ अन्र्तगत भोलि (बुधबार) क्वाटरफाईनलका खेलहरु हुने भएका छन। बुधबार आयोजक संगम क्लव र गार्डेन फुटवल क्लव बिच पहिलो क्वाटरफाईनल खेल हुने भएको छ ।

त्यसै गरी बुधबार भद्रकालिको समुह र बी थटीनको समुह बिच दोश्रो क्वाटर फाईनल खेल हुने भएको छ भने ड्यामसाईड र एल. जी.एशोसियसनको समुह बिचको खेल हुने भएको छ । त्यसै गरी बुधबारको अन्तिम क्वाटरफाईनल खेलमा रन्जन मेमोरियल स्मृतिको समुह र सहारा क्लव बिच खेल हुने भएको क्लवका सदस्य धिरज तामाड्डले बताए । पोखरा रंगशालामा मंगलबार ५ वटा खेल सम्पन्न भएकाछन। पहिलो खेलमा सशस्त्र प्रहरी वलको एपिएफ पराजित भएको छ ।

एपिएफ बी थटिनको समुहसंग ३–१ को गोल अन्तरले पराजित भएको हो । बी थटीनको जितमा गोविन केसीले खेलको ३५ औं मिनेटमा र नवराज गुरुङले खेलको ५५ र ६३ औं मिनेटमा गरी दुई गोल गरेका हुन। एपिएफको तर्फबाट खेलको ५३ औं मिनेटमा सुरज हमालले एक गोल गरे । हमालको गोलले खेल बराबरीमा पुगे पनि पछिको समयमा एपिएफ सम्हालिन नसक्दा प्रि–क्वाटरफाईनलबाटै बाहिरिनु पर्यो ।

विमल रानाले खेलको २३ औं मिनेटमा निर्णायक गोल गरी आयोजक संगम क्लवलाई क्वाटरफाईनलमा पु¥याए । दोश्रो खेलमा हेमजा युनाईटेड माथि १–० ले पराजित गरेको संगमले गार्डेनसंग क्वाटरफाईनलमा यात्रा बनाएको हो । तेश्रो खेलमा सुनिल विकेको ह्याट्रिकले ड्यामसाईड क्लवले मिलन टोलको समुह माथि ५–० ले पन्छाउदै अन्तिम आठमा स्थान बनाएको हो । विकेले खेलको ८, ४८ र ६१ औं मिनेटमा तीन गोल गरी ह्याट्रिक पुरा गरेका हुन । ड्यामसाईडका अनिल गुरुङले खेलको ३७ औं र प्रविन शैजुले खेलको ४५ औं मिनेटमा एक/एक गोल गरे ।

चौथो खेलमा एल.जी.एशोसियसनले शितल ज्योति क्लवलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । एल.जीको जितमा खेलको २५ र ३७ औं मिनेटमा विश्व गुरुङले दुई गोल गरे भने अजित गुरुङले ३५ र ५६ औं मिनेटमा दुई गोल गरे । सिद्धार्थ रन्जितले खेलको ५१ र किरन रानाभाटले खेलको ५९ औं मिनेटमा एक एक गोल गरेका हुन । शितल ज्योजिका किसन गुरुङले खेलको ४० औं मिनेटमा शान्त्वना एक गोल गरे ।

३ जना विदेशी मुलका खेलाडी लियर मैदानमा उत्र्रिएको सहाराले वुटवलको खर्चाटिकार एकेडेमीलाई ४–० ले पन्छायो । सहाराको जितमा खेलको १८ औं मिनेटमा विजय श्रेष्ठले एक गोल गरे । विदेशी मुलका खेलाडी ह्याण्ड्रीले खेलको ३५ र ५८ औं मिनेटमा गरी दुई गोल गरे । खेलको ६० औं मिनेटमा त्रिदेव गुरुङले एक गोल गरे । पोखराको संगम क्लवको आयोजनामा संचालन भएको उक्त प्रतियोगिता पुष ७ गतेसम्म चल्ने क्लवका अध्यक्ष शिव गुरुङ (माया) ले बताए ।