ड्याम साइड क्लबलाई जापानबाट सहयोग


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ मा रहेको ड्याम साइड क्लबलाई जापानबाट सहयोग प्राप्त भएको छ ।

क्लबमा आवद्ध हाल जापानमा रहेका ब्यक्ति तथा संघ संस्थाबाट संकलन गरिएको ५० हजार रुपैयाँ क्लबका पुर्व अध्यक्ष तथा जापान संयोजक रमेशकुमार गुरुङ र पुर्व खेलाडी, युवा ब्यबसायी अमृत गुरुङले क्लबलाई बुधबार क्लबका कोषाध्यक्ष राकेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

ड्याम साइड क्लबले तिहारको अबसरमा पोखरामा दिपावली सांगीतिक साँझको आयोजना गरेको थियो । उक्त कार्यक्रमको लागि जापानमा आर्थिक सहयोग संकलन गरिएको थियो ।

कार्यक्रममा क्लबका पुर्व खेलाडी हाल बेलायत निवासी संतोष गुरुङ र डा. सुबास गुरुङले पोखरा(१७, ड्याम साइड निवासी बुवा स्वर्गीय पुर्णबहादुर गुरुङको स्मृतिमा क्लबलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

त्यस्तै जमर्नी निवासी क्लबका सदस्य ध्रुब गुरुङले क्लबका विभिन्न क्रियाकलापलाई २० हजार सहयोग प्रदान गरेका सचिव रमेश प्रसाद बरालले बताए ।

सो अबसरमा अमृत गुरुङ, रमेशकुमार गुरुङले क्लबले सामाजिक तथा खेलकुद क्षेत्रमा राम्रो काम गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिन आबस्यक रहेको बताए ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उनले क्लबको कार्यक्षेत्रमा फुटबल मैदान नभएको कारण पहिलेको तुलनामा खेलाडी उत्पादन नसकिएको बताए ।