एशियन फोरमको पदस्थापन तथा पुर्नमिलन


पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) को आयोजनामा वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै व्यापार व्यवसायमा लागेका विचमा पुर्नमिलन कार्यक्रम शनिबार सम्पन्न भयो ।

सो अवसरमा एशियन फोरम प्रादेशिक समिति प्रदेश नं. ४ र कास्की शाखाको दोश्रो अधिवेशन तथा तेश्रो साधारण सभाबाट निर्वाचित कार्यसमितिको पदास्थापन गरिएको थियो ।

कार्यक्रमको प्रदेश नं. ४ का प्रदेश सांसद राजिव पहारीले उद्घाटन गर्दै अस्थिर राजनैतिक व्यवस्थाको कारण देशमा जनताले चाहेको उन्नती हुन नसकेको वताउँदै अब देश विकासले फड्को मार्ने विश्वास गरे । उनले मानव अधिकारको कुरा व्यवहारमा लागु गर्न पनि स्थिर सरकारको आवश्यकता अपरिहार्य रहेको वताए ।

फोरमका केन्द्रिय अध्यक्ष निरज थापाले दैनिक रुपमा विदेशिन वाध्य नेपालीलाई रोक्न नेपाल सरकारले ठोस निति तथा कार्यक्रम ल्याउनु पर्ने वताए ।

कार्यक्रममा औधोगिक व्यवसाय विकास प्रतिष्ठानका प्रमुख रामप्रसाद तिवारी, शान्तिको लागि नागरिक संजालको संयोजक विष्णुप्रसाद वराल, रेवान पोखराका पुर्व अध्यक्ष वलराम पहारी लगाएतले विदेशमा आर्जन गरेको सिप र वचत रहेको केही रकम नेपाल मै लगानी गर्न सकिने वताए ।

कार्यक्रममा केन्द्रिय सदस्य मेनका पौडेल, क्षेत्रिय अध्यक्ष लक्ष्मण वानिया, उपाध्यक्ष शिवकुमार वराल,सचिव कृष्ण रानाभाट, सदस्य रामचन्द्र लामिछाने, जिल्ला कोषाध्यक्ष पार्वती पौडेल रेग्मी, पोष्ठराज चपाई लगाएतलले वैदेशिक रोजगारका वाध्यता, चुनौती अवसरका वारेमा वोलेका थिए ।

क्षेत्रिय अध्यक्ष जुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला अध्यक्ष तिलक थापाले र संचालन जिल्ला सचिव अम्बिका ढकालले गरेकी थिईन ।