पर्बत समाज स्पेनको अध्यक्षमा पुन:ओमर गुरुङ


स्पेन/ पर्बत समाज स्पेनको अध्यक्षमा ओमर बहादुर गुरुङ निर्बाचित भएका छन्। आईतबार बार्सिलोनामा सम्पन्न समाजको पहिलो अधिबेशनबाट गुरुङ सर्बसम्मत चयन भएका हुन्। पर्बत जिल्ला घर भई स्पेनमा बसोबास गर्ने पर्बेतेलीहरुको एक भेलाले दुई बर्ष अघि गुरुङ कै अध्यक्षतामा समाजको तदर्थ समिति गठन गरेको थियो।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा सन्तोष पौडेल,बिनु गुरुङ,महासचिवमा अनन्त लामिछाने,सचिव उमेश पुरी र कोषाध्यक्षमा अञ्जु तिमिल्सिना अधिकारी चयन भएका छन्। यस्तै कार्यसमतिका सदस्यहरुमा राजेश रेग्मी,मुक्ति प्रसाद श्रेष्ठ,अस्मिता सिग्देल तिमिल्सिना,सावित्रा भुसाल,शिव प्रसाद पौडेल,अशोक गुरुङ र मनविर पुन चयन भएका छन्।

समाजले क्रिसमस तथा अँग्रेजी नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान समेत सम्पन्न गरेको थियो।