घले दम्पत्तिद्वारा दुई लाख डलर सहयोग घोषणा


मेलवर्न । अष्ट्रेलियाका सफल ब्यबसायी शेष घले दम्पतीले अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि दुई लाख अाठ सय ८८ डलर दान घोषणा गरेका छन्। मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रममा पुगेर घले दम्पतीले सो रकम दान गर्ने घोषणा गरेका हुन् ।

घले गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्षसमेत हुन् । भबन निर्माणका लागि झण्डै १५ लाख डलर खर्च हुने अनुमान छ।