तमु समाज बार्सीलोनाको अध्यक्षमा गौतम गुरुङ निर्बाचित


बार्सिलोना / तमु समाज बार्सिलोनाको अध्यक्षमा गौतम गुरुङ निर्बिरोध निर्बाचित भएका छन्। मंगलबार सम्पन्न समाजको चौथौ अधिबेशनबाट गुरुङ सर्बसम्मत निर्बाचित भएका हुन्।गुरुङले निबर्तमान कार्यसमितिमा उपाध्यक्ष पदमा रही काम गरेका थिए।

१५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा हरी गुरुङ,महासचिवमा कुमार गुरुङ, सचिव राजु गुरुङ र कोषाध्यक्षमा बसन्ती गुरुङ चयन भएका छन्। यस्तै सदस्यहरुमा रबिन गुरुङ,सुवा गुरुङ,नरेन्द्र कुमार गुरुङ,बिकल्प गुरुङ,सुन्दर गुरुङ,खु-माया गुरुङ,दिपु गुरुङ,चन्द्र गुरुङ,हिमान सिंह गुरुङ र अशोक गुरुङ रहेका छन्।

निर्बाचित नयाँ कार्यसमिति

सन् २००७ मा बेन बहादुर गुरुङको अध्यक्षतामा तदर्थ समितिको गठन गर्दै समाजको स्थापना भएको थियो। सन् २००९ मा पहिलो अधिबेशनबाट ओमर गुरुङले नेतृत्व सम्हालेका थिए। सन् २०१२ र २०१४  मा सम्पन्न दोस्रो र तेस्रो अधिबेशनबाट ज्योती गुरुङ अध्यक्ष बनेकी थिईन्।

ल्होसार बिशेष कार्यक्रम सम्पन्न:-

हरेक बर्ष ल्होसार बिशेष कार्यक्रम राख्दै आएको समाजले अधिबेशनसँगै शुभकामाना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम पनि सम्पन्न गरेको छ। कार्यक्रममा कलाकारहरुले सांगीतिक प्रस्तुति राखेका थिए।

यस अघि ज्योति गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य द्वय मुक्त बहादुर गुरुङ,शितल भुर्तेल भुसाल,राष्ट्रिय समन्वय परिषदका अध्यक्ष चिन्तामणी सापकोटा लगायत संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए।तस्बिर :- साईग्रेस