छोरेपाटन स्कुलले मनायो ३९ औं वार्षिकोत्सव


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविले ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विविध कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रमको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसिले उद्घाटन गरेका थिए । उनले विद्यालय महानगरभित्रको एक उत्कृष्ठ भएको वताउँदै विद्यार्थीहरुलाई स्मार्ट पोखराको चिन्ता भन्दा पनि स्मार्ट स्कुल कसरी बनाउने भन्ने कुरा सिकाउनु पर्ने वताए ।

सो अवसरमा महेन्द्र स्मृति पुरस्कारका संस्थापक सु. लालकाजी गुरुङ, खगराज साहित्यकला पुरस्कारका संस्थापक खगराज शर्मा आचार्य, घनश्याम स्मृति पुरस्कारका संस्थापक बद्रीनाथ पहारी, रोहीणी स्मृति पुरस्कारका संस्थापक तारा काफ्ले, मिना आचार्य स्मृति पुरस्कारका संस्थापक रंगिला आचार्य र युवा जागरुक छात्रवृत्ति पुरस्कारका संस्थापक लाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यसै गरि विद्यालयले कर्मचारी लेखापाल ऋषिराम भण्डारी, प्रशासक तारा काफ्ले, शिक्षकहरु जानसका पौडेल, उमराज त्रिपाठी, दीपेन्द्र वस्ताकोटी, माधब भट्टराई र उपेन्द्रराज पोखरेललाई सम्मान गरेका थियो ।

उक्त अवसरमा विद्यार्थीको तर्फबाट रश्मी भट्टराईले विद्यालयमा राजनिति हुने गरेको वताउँदै विद्यार्थीहरुको मनो विज्ञानमा राजनिति चेतना भन्दा वितृष्णा बढेको वताईन् ।

कार्यक्रममा जिशिअ नरेन्द्रराज पौडेल, नगरपालिका शिक्षा विभाग प्रमुख समन्तमणी आचार्य, विद्यालयका पुर्व अध्यक्ष लिलाभक्त आचार्य, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका प्रा.डा. भूपति ढकाल, भद्रकाली लामिछाने, सुभाष ढुंगाना, देवराज आचार्य, ईश्वरी लम्साल, गंगालाल सुवेदी, शरद भण्डारी लगाएतले वोलेका थिए ।

पोलेमनपा वडा नं. १७ अध्यक्ष तिर्थ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ लक्ष्मण थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन, लेखापाल छविलाल पनेरुले आर्थिक प्रतिवेदन, सहायक प्रअ वद्रिनाथ पहारीले स्वागत र मेघराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।