घिमिरेको ‘म तिम्रो काले’ सार्वजनिक


पोखरा । लोक गायक पदमराज घिमिरेको ‘म तिम्रो काले’ बोलको लोक दोहोरी गित डिजिटल स्टार पोखराले बजारमा ल्याएका छन् ।

पोखरामा २०६० सालदेखि पत्रकारितामा सक्रिय पोखरा लेखनाथ २६ अर्घौचोक निवासी उदासीको यो पहिलो गित भएता पनि सानै उमेर देखि गीत संगीतमा रुचि राख्ने गर्दथे । पत्रकारिता साथसाथै दोहोरी साँझहरुमा समेत उनले आफ्नो प्रस्तुति दिई सकेका छन् ।

उनै संचारकर्मी तथा गायक पदमराज घिमिरे उदासी र आशा बिसीको स्वर रहेको उक्त गितमा एल. पी. ढकालको लय र हरिश्चन्द्र पौडेलकोे शव्द रहेको छ । तारानाथ आर्चायले एरेन्ज गरेका हुन् । हालै मात्र बजारमा आएको अडियोलाई स्रोताहरुले निकै रुचाए पश्चात म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो ।

अडियोलाई जस्तै भिडियोलाई पनि दर्शक तथा स्रोताले रुचाउनेमा आफू आशाबादी रहेको गायक घिमिरेको भनाई छ । उक्त म्युजिक भिडियोलाई शिव भुर्तेलको निर्देशन, गणेश सापकोटाले छायाकंन र निर्देशन तारानाथ आर्चायले गरेका छन् । उक्त म्युजिक भिडियोमा मोडलहर बिकास रम्तेल र रुविना अधिकारीले अभिनय गरेका थिए ।