एक करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने अन्तराष्ट्रिय पर्वत समाजको निर्णय


बेल्जियम / अन्तराष्ट्रिय पर्वत समाजले एक करोड रुपैयाँको परोपकारी अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। गत साता बेल्जियममा सम्पन्न  समाजको बिशेष  बैठकले आगामी ६ महिना भित्र लक्ष्य पुरा गर्ने गरी अक्षयकोष घोषणा गरेको हो। समाजले परोपकारी कोषका लागि आगामी जुन ३ तारिखका दिन बेलायतको लन्डनमा एक च्यारिटी कार्यक्रमको आयोजाना गर्ने भएको छ।

यसैबीच समाजले नयाँ बर्षको उपलक्ष्यमा शुभकामाना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा,गैर आबासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, सचिव जानकी गुरुङ लगायत एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।