इनास डेनमार्कको अधिवेशन सम्पन्न ।

१९ सदस्यीय नयाँ कार्यसमिति चयन ।


नेपालीनेपाली डटकम ।
कोपनहेगन ।

यही जनवरी २ र ३ मा इनास डेनमार्कको दोश्रो अधिबेशन डेनमार्कको राजधानी कोपेनहेगनमा सम्पन्न भएको छ। अधिवेशनकले १९ सदस्यीय नयाँ कार्यसमिति चयन समेत गरेको छ ।

अधिवेशन लगत्तै आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम डेनमार्कका लागि राजदुत युव नाथ लम्साल प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै राजदुत लम्सालले – प्रवासमा रहेर पनि विविध रुपमा संगठीत बनेर नेपाली कला र संस्कृतीको प्रचार प्रसार गर्न इनासले सक्दो योगदान गर्नेमा सबै विश्वस्त रहेको बताउनु भयो ।

एन आर एन डेनमार्कका अध्यक्ष श्री यामलाल सुबेदीज्यूको अधक्ष्यतामा सम्पन्न उक्त सपथग्रहण कार्यक्रममा डेनमार्क स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाको समेत उपस्थित रहेको थियो । जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह गार्की, प्रवासी नेपाली मंचका अध्यक्ष शिव चापागाईं साथै इनास ग्लोबल समिति सदस्य श्री राजमान तामाङ्ग, र इनास युरोप उप संयोजक श्री रबिन्द्र खड्का को पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा इनास डेनमार्कको आर्थिक तथा सांगठानिक प्रतिबेदन प्रश्तुतु गरिएको थियो ।नव निर्वाचित कार्यसमितिमा सन्त कुमार थापा मगर अध्यक्ष, देवश्री कोइराला बरिष्ठ उपाध्यक्ष तथा कुसुम दाहाल उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ।

यसैगरी महासचिव पदमा कृष्ण प्रसाद सुबेदी, सचिव पदमा फणिन्द्र प्रसाद सापकोटा (दिनेश), सन्तोष लामिछाने प्रबक्ता, इश्वोर दाहाल (रोबिन) कोषाध्यक्ष पदको लागि निर्वाचित हुनु भएको छ। यसै गरि १९ सदस्यीय कार्यसमितिमा मलिका प्रधान, सोबू के.सी., सैलेश बिक नेपाली, साधना थापा लामिछाने, नीतिका नेपाल, आँचल सापकोटा, कोपिला शाक्य, बिक्कि महर्जन, शिन्तिया सेन ताम्राकार, सदिक्षा बिमली, बिक्रम कुँवर र क्रीपा कंडेल सदस्य पदमा निर्वाचित हुनु भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा इनास युरोपका उप-संयोजक रवीन्द्र खड्काले नयाँ कार्यसमितिका सम्पूर्ण पदाधीकारीहरुलाई प्रमाण पत्र वितरण गरेर सफल कार्यकालको शुभकामना पनि ब्यक्त गर्नु भएको थियो।