आहा रारा गोल्ड कपको पुरस्कार राशीमा बृद्धि


पोखरा – मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपको पुरस्कार राशी बृद्धि गरिएको छ । आयोजक सहाराले क्लबले मंगलबार पोखरामा पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत वर्षको पुरस्कारमा राशीमा थप दुई लाख रुपैयाँ बृद्धि गरिएको छ भने उपविजेताको पुरस्कारमा १ लाख रुपैयाँ बृद्धि गरिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगितको विजेताले अव उपाधीसहित ७ लाख १ हजार, उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्नेछ । गत बर्ष विजेताले ५ लाख १ हजार, उपविजेताले २ लाख ५१ हजार प्राप्त गरेका थिए । खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको १६ औ संस्करणको प्रतियोगिता माघ ९ देखि २० सम्म पोखरा रगंशालामा संचालन हुने प्रतियोगितामा दुई विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ ।

प्रतियोगितामा भारतको युनाईटेड सिक्किम फुटवल क्लव, बंगलादेशको उत्तर बरिन्धरा क्लव, मनाङ मस्र्याङदी क्लव, संकटा क्लव, रमपम झापा एघार फुटवल क्लव, धरान फुटवल क्लव, सुदुर पश्चिमाञ्चल एघार स्पोर्टिङ क्लव, थ्रि–स्टार क्लव, आयोजक सहारा र तिन वटा विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी वलको एपीएफ क्लवले सहभागिता जनाउने क्लबका अध्यक्ष थापाले बताउनुनभयो ।

उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु छ दुई विदेशीसहित १२ टिमको सहभागिता हुनेछ। यस बर्षको आहा रारा गोल्ड कपमा भाग्यशाली एक जना दर्शकलाई सहारा हङकङबाट स्कुटर प्रदान गरिने भएको क्लवका अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार गत बर्ष प्रदान गरिदै आएको भाग्यशाली दर्शक उपहार सुनको सिक्रीबाट बृद्धि गरी स्कुटर प्रदान गरिने भएको हो ।

प्रतियोगिताबाट १ करोड २१ लाख ८२ हजार आम्दानी गरी ९० लाख ५ हजार ५ सय खर्च गरी बचत भएको रकम सहारा एकेडेमीमा रहेका बालकहरुको भरण पोषणमा खर्चिने भएको क्लवका महासचिव विश्वराज वरालले बताउनुभयो ।