ओजन फेसन नाइटमा देखिए पोखराका हट सुन्दरीहरु (फोटो फिचर)


राजाराम पौडेल,पोखरा – चौथो संस्करणको ओजन फेसन नाइट हालै आयोजना गरियो । ओजन नेपाल डट कमको प्रस्तुतीमा पोखराको लेकसाइडमा रहेको ओजन रेष्टुरेन्ट एण्ड बारमा कार्यक्रम आयोजना गरिएको थियो ।

 

फेसन नाइटमा सो टपर प्रमिता आर एल रानाको साथमा पोखराका १० जना सुन्दर मोडल देखिए । चारवटा विभिन्न सिक्वेन्स मार्फत दर्शक माझ देखिएका पोखराका हट मोडलले दर्शकको राम्रो साथ पाए ।

उनीहरु समर वेयर, विन्टर वेयर, गाउन र लेहङ्गाको पहिरनमा सजिएर दर्शकमाझ ¥याम्पमा देखिएका थिए । सैलताज कुँवरको कोरियोग्राफि र सञ्जय गुप्ताको सञ्चालनमा कार्यक्रममा आर्कषण थपियो ।

कार्यक्रममा विवेक गुरुङ, अन्जना गुरुङ, सरस्वती श्रेष्ठको आर्कषक नृत्य र भिडियो डिजे लामा, डिजे कान्छी र डिजे मिगलको डिजे सेसनले झनै रौनकता थप्यो । ओजन रेष्टुरेन्ट एण्ड बारमा पाइने विभिन्न परिकारको स्वाद चाख्दै फेसन सो हेर्दै रमाउने युवायुवतीको भिड ओजनमा देखिन्थ्यो ।