ह्वदयघातका कारण स्पेनमा २८ बर्षिय नेपाली युवाको मृत्यु


तस्बिरमा मृतक अमरजंग गुरुङ

बार्सिलोना/ आकस्मिक ह्वदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ। सल्लाबोट २ अर्चलबोट लमजुङ्ग स्थायी घर भएका २८ बर्षिय अमरजंग गुरुङको सोमबार राति ह्वदयघातका कारण मृत्यु भएको हो।

क्याटलोनिया क्षेत्र अन्तर्गत बार्सिलोना स्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका गुरुङ्लाई ड्युटी सकेर कपडा परिबर्तन गर्दै गर्दा आकस्मिक ह्वदयघात भएको थियो।उपाचारका लागि गुरुङलाई हस्पिटाल क्लिनिक अस्पतालमा पुर्याईए पनि शरिर चिसो र कडा भईसकेको थियो।

सन् २०११ देखि स्पेन बस्दै आएका गुरुङ गत बर्ष मात्र बैबाहिक जीवनमा बाधिएका थिए। श्रीमती लगायत घर परिबार नेपालमा नै रहेकाले शव ब्यबस्थापनका लागि यहाँ स्थित नेपाली समुदायले चासो ब्यक्त गरेको छ।

अल्पआयुमा नै ज्यान गुमाएका गुरुङको निधन प्रति नेपाली संघ संस्थाहरुले दुख ब्यक्त गर्दै  श्रद्धाञ्जली ब्यक्त गरेका छन्।