गुरुङको ‘लाग्छ शून्य आजकल’ प्रोमो सार्वजनिक


पोखरा । कास्की जिल्लाको ह्याङ्कोट स्थायी वसोवास भई हाल अमेरिकाको विस्कन्सिनमा रहेका शिव गुरुङले हालै ‘लाग्छ शून्य आजकल’ शीर्षकको आधुनिक गीतको प्रमो बुधवार सार्वजनिक गरेका छन् ।

विदेशको भुमिमा आप्mनै व्यवसायमा व्यस्त गुरुङ नेपालमा छोटो वसाईको क्रममा उक्त गित रेकर्डिङ गराएका हुन्। परदेशमा शरीर र घरदेशमा मन बोकेर हिँडेका शिवको नामका अगाडि अब गायक थपिएको छ।

ह्याङ्जाकोटमा जन्मेर केही समय रोजगारीको सन्दर्भमा साउदी अरब हुँदै अमेरिका पुगेका गुरुङले सुपरमार्केट सञ्चालन गर्दै आएका छन्। माता वीरशुवा गुरुङ र पिता टुमानसिंह गुरुङको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा जन्मेका हुन् ।

‘लाग्छ शून्य आजकल मलाई यो कोलाहलमा पनि,
एक्लो लाग्छ आफैंलाई यो भीडमा पनि।’

भन्ने गितको शब्दले उनको मन छोयो । त्यसैले उनले आम नेपालीको माझमा यो गित ल्याउने निधो गरेको वताए ।

सानैदेखि गीतसंगीतमा रुचि भएका गुरुङको गीत ऋषभ फिल्म प्रोडक्सन प्रा.लि.का निर्देशक एन.जे. सागर शाहले प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। ऋषभ फिल्मस्को व्यानरमा निर्मित गीतमा तनहुँ खैरेनीटारका गीतकार महेन्द्र घिमिरे ‘विवश’को शब्द, संगीत एन.जे. सागर शाहको रहेको छ भने म्युजिक भिडियो तथा प्रोमो निर्माण सम्बन्धि सम्पुर्ण कार्य नेत्र इन्टरटेन्टमेन्टका निर्देशक नेत्र गुरुङले गरेका छन् ।

राजेश विष्टको एरेन्ज रहेको गीतको मिक्सिङ तथा रेकडिष्टमा सिजन बज्राचार्य रहेका छन्। गीतको छयाँङ्कन, पोखरा हुँदै इलामसम्म पुगेर गरिएको शाहले वताए । साथै केही समयपछि म्यूजिक भिडियोसहित गीत सार्वजनिक गरिने उनले जानकारी दिए ।