पोखराका ट्याक्सी मिटरमा संचालन गर्न सहमत


पोखरा – पोखराका ट्याक्सी मिटरमा संचालन गर्न सहमत भएका छन् ।शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ट्याक्सी ब्यवसायीले मिटरमै संचालन गर्ने सहमती भएको हो । यात्रुलाई मनपरि भाडा अशुलेको आरोपमा कास्की प्रहरीले ट्याक्सी चालक पक्राउ गरेपछि आन्दोलनमा उत्रिएका ट्याक्सी ब्यवसायी अन्नतत पोखरा महानगरभित्र मिटरमै संचालन गर्ने सहमतीमा पुगेका हुन् । विहिबार र शुक्रबार भएको छलफल सहमतीमा पुगेको हो ।

ब्यसायीले बुधबार मिटरमा ट्याक्सी नचलाउने र पक्राउ परेका चालकलाई रिहाईको माग गदै आन्दोलनमा उत्रिएका थिए । ब्यवसायीले बुधबार सडकमा ट्याक्सी पार्किङ गरेर विरोध प्रर्दश गरेका थिए । तर प्रहरीले बल प्रयोग गरि हटाएको थियो भने विहिबार गण्डकी र धौलागिरीमा सार्वजनीक सवारीका साधन बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । ट्याक्सी ब्यवसायीले शुक्रबार पनि ट्याक्सी संचालन गरेनन् भने अन्य भाडाका सवारी भने संचालनमा आएका थिए ।

यातायात बन्द हुदाँ यात्रुले सास्ती खेप्नु परेको भन्दै प्रशासनले विहिबार पनि छलफल गरेपनि सहमती जुटन सकेको थिएन् तर शुक्रबार दिनभर भएको छलफल साँझ ब्यवसायी मिटरमा चलाउन सहमत भएपछि सहमती कायम भएको हो । हालसम्म यहाँ सञ्चालित ट्याक्सीहरुले मनलाग्दी भाडा लिने गरेका थिए । अब भने १४ रुपैयाँबाट शुरु हुने भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र पर्नेछ । प्रशासनले विस्तारै भाडा समायोजन गर्दै जाने आश्वासन व्यवसायीलाई दिएको छ ।